नयाँ दिल्ली: क्रिकेटरबाट कमेण्टेटर बन्ने आकाश चोपड़ाले ईशान किशनले आफ्नो करियरको मुश्किल समयमा पनि आईपीएल २०२४-मा असल प्रदर्शन गर्ने दावी गरेका छन्। बोर्डको आग्रहपछि पनि घरेलु क्रिकेट नखेल्दा युवा विकेटकीपर ब्याटरले बीसीसीआईको केन्द्रीय अनुबन्ध गुमाएका छन्। व्यक्तिगत कारणहरूले गर्दा दक्षिण अफ्रिका यात्रामा टेस्ट सीरीजको बीचमा स्वदेश फर्किएपछि किशन दिसम्बरदेखि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर रहेका छन्। त्यसपछि राष्ट्रिय टीममा नरहँदा पनि उनले घरेलु क्रिकेट खेल्न अस्वीकार गरेका थिए। त्यसपछि बीसीसीआईद्वारा २८ फरवरीमा जारी वार्षिक केन्द्रीय अनुबन्ध सूचीमा किशनको नामलाई सामेल गरिएन।
चोपड़ाले आफ्नो यूट्यूब च्यानलमा भनेका छन्, किशनमा रनको भोक हुनेछ कारण उनलाई केन्द्रीय अनुबन्ध प्राप्त भएन। उनलाई अहिले त्यही कुराले सताइरहेको छ। अब आफ्नो लय हासिल गर्न अनि चयनकर्ताहरूका मन जित्नको निम्ति आईपीएल असल मञ्च साबित हनेछ। किशन स्वयं पनि आफ्नो टीमको निम्ति रन बनाउन चाहन्छन्। वानखेड़ेको पीच ब्याटिंगको निम्ति अनुकूल रहनेछ अनि सजिलै ठूलो शट्हरू खेल्न सकिनेछ। यसैकारण उनीसँग लय हासिल गर्ने असल मौका रहनेछ। उल्लेखनीय छ, किशनले गत १० वटा टी२० ईनिंग्समा केवल १७० रन बनाएका छन्। यसरी उनले अन्तिम सातवटा वनडे म्याचमा पनि केवल १५ रन बनाएका छन्। उनले अन्तिम दुईवटा टेस्ट म्याचमा पनि ७८ रन मात्र बनाएका छन्। किशनले गत वर्ष आईपीएलमा चाहिँ असल प्रदर्शन गर्दै १६ वटा म्याचमा ४५४ रन बनाएका थिए।









