सनराइजर्समा बलिंग प्रशिक्षक बने फ्रेंकलिन

IMG-20240303-WA0245.jpg

मुम्बई: सनराइजर्स हैदराबादले न्यूजील्याण्डका पूर्व अलराउण्डर जेम्स फ्रेंकलिनलाई इण्डियन प्रीमियर लीग (आईपीएल) – को आउँदो सीजनको निम्ति आफ्नो बलिंग प्रशिक्षक नियुक्त गऱ्यो। टीममा फ्रेंकलिनले दक्षिण अफ्रिकाका पूर्व पेस बलर डेल स्टेनको स्थान लिनेछन्। स्टेनलाई २०२२-मा फ्रेञ्चाइजीको बलिंग प्रशिक्षक नियुक्त गरिएको थियो । स्टेनले व्यक्तिगत कारणहरूले गर्दा सनराइजर्स हैदराबादको बलिंग प्रशिक्षक पद छोड़ेका छन्। साल २०११ र २०१२- मा मुम्बई इण्डियन्सबाट खेल्ने फ्रेंकलिनको निम्ति आईपीएलमा प्रशिक्षकको रूपमा पहिलो कार्यकाल हुनेछ। फ्रेंकलिनले काउण्टी टीम डरहममा मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए। अहिले उनी पाकिस्तान सुपर लीग (पीएसएल)-मा इस्लामाबाद युनाइटेडका सहायक प्रशिक्षक पनि हुन्। अब फ्रेंकलिन चाँडै भारत आएर २२ मार्चदेखि शुरु हुने आईपीएलको तयारीमा जुट्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *