पाकिस्तानः नवाज सरिफका भाई बने दोस्रो पटक प्रधानमन्त्री

Web-Post-2

इस्लामावाद: पाकिस्तानमा शाहबाज सरिफ देशको २४औं प्रधानमन्त्री बनेका छन्। उनले राष्ट्रिय सभामा २०१ सांसदको समर्थन पाएका छन्। ९२ सांसदले पीटीआई समर्थक उम्मेदवार उमर अयुबलाई भोट दिएका छन्। राष्ट्रिय सभाका सभामुख अयाज सादिकले निर्वाचनको नतिजा घोषणा गरेका हुन्। प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज सरिफले नवाज र उनका सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन्। तर, १ घण्टा २४ मिनेटको भाषणको सुरुमै शाहबाजको जिब्रो चिप्लियो। उनले आफूलाई प्रधानमन्त्रीको सट्टा विपक्षी दलको नेता भन्न पुगेका थिए। सम्बोधनका क्रममा शाहबाजले भने, ‘इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। कश्मीरमा मानिस मारिने क्रम जारी छ। प्यालेस्टाइन र कश्मीरीमाथि दमन भइरहेको छ तर अन्तर्राष्ट्रिय समुदाय मौन छ। हामी सबै मिलेर कश्मीर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसदमा प्रस्ताव पारित गर्नुपर्छ।’

यसअघि शाहबाजले भनेका थिए, ‘मेरो दाई तीन पटक प्रधानमन्त्री निर्वाचित हुँदा देशमा भएको विकास आफैंमा उदाहरण हो। नवाज शरीफले पाकिस्तान बनाएका हुन् भन्नु गलत होइन। अर्कोतर्फ, जुल्फिकार अली भुट्टोको बलिदानलाई देशले कहिल्यै भुल्न सक्दैन। शाहबाज शरीफले देशमा आतंकवाद र यसको जरा उन्मूलन गर्ने वाचा गरे। उनले भने, ‘पीएमएल–एन र सहयोगी दलहरूले पाकिस्तानी, मुस्लिम र मानवको रूपमा आफ्नो भूमिका खेल्नेछन्। यस संसदमा पाकिस्तानको राजनीतिक डुङ्गा चलाउन सक्ने प्रतिभाशाली व्यक्तिहरू छन्। यसमा पत्रकार, बुद्धिजीवी, राजनीतिज्ञ र धार्मिक नेताहरू पनि पर्छन्। शाहबाजले इमरान खान नेतृत्वको सरकारको आलोचना गर्दै इमरानलेसम्पूर्ण विपक्षीलाई जेलमा हालेको टिप्पणी गरे। शाहबाजले भने, ‘मेरो जेठो दाई नवाजले देशलाई हानि गर्ने बारे कहिल्यै सोचेका छैनन्’, पुरानो शासन (इमरान खानको शासन)लाई उद्धृत गर्दै उनले भने, ‘उनीहरूले सम्पूर्ण विपक्षीहरूलाई जेलमा राखे, उनीहरूले महिला र बालबालिकाको वास्ता गरेनन्l’ ।

शाहबाजको कार्यकाल

शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो। यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए। आइतबार संसदको सत्र सुरु हुने बित्तिकै पीटीआई समर्थक सांसदहरूले इमरान खानको पक्षमा ‘आजादी’ र ‘कैदी नम्बर ८०४’ को नारा लगाएका थिए। जवाफमा पीएमएल–एनका सांसदहरूले ‘नवाज जिंदाबाद’को नारा लगाएका थिए। ८ फरवरीमा भएको निर्वाचनपछि नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टोको पीपीपी पार्टीले बहुमत हासिल गर्न गठबन्धन बनाएका थिए। यो गठबन्धनले नवाजका भाइ तथा पूर्व प्रधानमन्त्री शाहबाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *