सरकारी हस्तक्षेपपछि भारतीय एपहरू प्ले स्टोरमा फर्किए

What-is-Google-Play-920x518.jpg

नयाँ दिल्ली: गुगलले प्ले स्टोरबाट हटाएकाे केही भारतीय एपहरूकाे पुनर्बहाली गरेकाे छ। भारतीय सरकारले बैठक बोलाएर विवाद समाधानका लागि पहल गरेपछि यस्तो भएको हो। केन्द्रीय मन्त्री अश्विनी वैष्णव अनुसार सरकारले केही एपहरू हटाउने गुगलको कदमको कडा विरोध गरेकाे छ। उनले भने, “सरकारले प्ले स्टोरबाट गुगलले केही एपहरू हटाउने विषयमा कडा अडान लिइरहेको छ। हामी एपहरूलाई डिलिस्टिङ गर्न दिँदैनौँ।” हस्तक्षेप पछि, गुगलले केही प्रमुख एपहरू जस्तै इन्फो एक इन्डियाका नौकरी, ९९एकर, नौकरी गल्फलाई रिस्टोर गरेको छ। सरकारको हस्तक्षेपपछि पिपुल्स ग्रुपको म्याट्रिमोनी एप शादी पनि शनिबार दिउँसो प्ले स्टोरमा फिर्ता भएको छ। इन्फो एजका सह-संस्थापक सञ्जीव बिकचन्दनीले भने, “धेरै इन्फो एज एपहरू प्ले स्टोरमा फर्किएका छन्। हितेश र सम्पूर्ण इन्फो एज टोलीको नेतृत्वमा ठूलो प्रयास गरिएकाे छ। मानिसहरू यसका लागि रातभर जाग्थे। ठूलो संकट व्यवस्थापन।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *