जोरथाङमा राज्य सरकारको एसएचजी भरोसा सम्मेलन सम्पन्न

IMG-20240303-WA0238.jpg

जोरथाङ: अस्थायी कर्मचारी भरोसा सम्मेलन, जनभरोसा सम्मेलन र युवा भरोसा सम्मेसनपछि आज यहाँको खेल मैदानमा एसएचजी (स्वंय सहायता समूह) भरोसा सम्मेलन सम्पन्न भयो। राज्य सरकारको ग्रामीन विकास विभागद्वारा आयोजित यस कार्यक्रममा राज्यभरिबाट ५,८४५ स्वंय सहायता समूहस ४८६ वार्ड विकास समिति र ३३ खण्ड विकास समितिका ५० हजारभन्दा अधिकको उपस्थिति रहेको थियो। यस अवसरमा कार्यक्रमका मुख्य अतिथि मुख्यमन्त्री प्रेम सिंह तामाङको बाहुलीहाट विभिन्न स्वयं सहायता समूहहरूलाई सहयोग राशि प्रदान गरियो भने सिक्किमभरिका स्वंय सहायता समूहहरुले तयार पारेका विभिन्न सामाग्री र खाद्य पदार्थलाई विश्वस्तरमा विक्री वितरण गर्नहेतु आधिकारीक वेबसाईटको लोकार्पण पनि गरियो।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङले स्वंय सहायता समूहहरुको निम्ति विभिन्न महत्त्वपूर्ण घोषणा गरे। जसमा वर्षको प्रत्येक ८ मार्चको दिन नारीहरुलाई सम्मान गर्दै पालैसित प्रत्येक जिल्लामा एसएचजी सम्मेलन गरिने। प्रत्येक जिल्लावाट २-२ जना स्वंय सहायता समूहका सदस्यहरुलाई चयन गरेर जम्मा १२ जना नारीलाई सिक्किम सरकारको विभिन्न विभागहरुको सल्लाहकार अनि अध्यक्ष नियुक्ति गरिने। प्रत्येक जिल्लाको निम्ति २ करोड ग्रान्ड इन ऐड प्रति वर्ष प्रदान गरीने अनि प्रत्येक जिल्लामा १-१ वटा स्वयम सहायता समूहको भवन निर्माण गरिने प्रमुख रहेको छ। यसरीनै सभालाई सम्बोधन गर्दै नारीहरु घर मात्र होइन तर समाज अनि राज्यको नै मेरुदण्ड रहेको मुख्यमन्त्रीले बताए। आपदको समयमा होस् या समाज निर्माणमा प्रत्येक क्षेत्रमा नारीहरूको योगदान अतुलनीय रहेको बताए। उनले भने ‘ सिक्किम राज्यलाई परेको खण्डमा सेल्फ हेल्प ग्रुप सिक्किम हेल्प ग्रुप भएर काम गरेको छ। यसैले हाम्रो सरकारले नारीहरुलाई अझ सशक्त अनि ऋणमूक्त बनाउने पहलमा काम गरिरहेको छ। सरकार निर्माण भएदेखि नै नरीमुखु योजनाहरू हामीले लिएर नारीहरुलाई आर्थिक, सामाजिक अनि भौतिकरूपमा शसक्त बनाउने काम गरिरहेका छौ। नारीहरूको तमाम योगदानलाई कदर गर्दै आज यो सम्मेलनको आयोजना गरिएको हो।’ सिक्किमको स्वयम सहायता समूहहरुलाई विश्ववारीका स्वयम सहायता समुहहरुसंग जोड्नका निम्ति सरकारले काम गर्ने पनि उनले थप बताए।

यसरीनै केही दिन अघि मल्लीमा सिक्किम विधानसभाका भूतपूर्व अध्यक्ष केएन राई माथि भएको प्राणघातक हमलामा संलग्न सबै दोषीहरुलाई पक्राउ गर्नको निम्ति सरकारले दिन रात काम गरेको मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए। प्रशासनले ती आरोपीहरू विरुद्ध कानूनी कार्यवाही गरेर कड़ाभन्दा कड़ा सजाय दिलाउनेछ भन्दै मुख्यमन्त्रीले राईको शीघ्र निको हुने कामना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *