मंगनमा एसडीएफको जिल्ला कार्यालयको उद्घाटन

n5883864301709479414204182d1bd1400139dc4cba1a577ce1f430f57700da103bd45d71b47e1b55a42de1.jpg

सोनाम पाल्जोर लाचुङपा एसडीएफमा सामेल

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको ३२औं स्थापना दिवसको पूर्व सन्ध्यामा उत्तर सिक्किमको मंगन जिल्लामा पार्टीको जिल्ला कार्यालयको उद्घाटन भएको छ।

वरिष्ठ उपाध्यक्ष हिस्से लाचुङ्पा, सोनाम ग्याछो लेप्चा अनि नवाङछोपेल लेप्चासहित कबी लुङचोक, जोङ्गु अनि लाचेन मङ्गन निर्वाचन क्षेत्रका पार्टी कार्यकर्ताहरुको उपस्थितिमा जिल्ला कार्यालयको उद्घाटन भएको हो। उक्त जानकारी एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा दिएको छ।

यस अवसरमा सोनाम पाल्जर लाचुङपा सत्तारूढ एसकेएम पार्टी त्यागेर एसडीएफमा सामेल भए। सोनाम पाल्जर लाचुङपा एसकेएम पार्टीका संस्थापक सदस्य अनि उत्तर जिल्लाका चालक मोर्चा अध्यक्ष थिए। एसडीएफ नेताहरूले लाचुङपालाई स्वागत गर्दै जनताको हितमा काम गर्न आग्रह गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष एवम् पूर्व राज्यसभा सांसद हिस्से लाचुङपाले भने, शान्ति, सुरक्षा र विकास एसडीएफको डीएनएमा छ। उनले राज्यको वर्तमान अवस्थामाथि चिन्ताप्रकट गर्दै राज्यको पुनरुथान गर्नका लागि फेरि एसडीएफलाई सरकारमा ल्याउनु पर्ने बताए। उनले एसकेएम सरकारले उत्तर सिक्किमको विकासका लागि ठोस काम नगरेको अनि सिक्किमका राजनीतिक मुद्दाहरूको समाधान गर्न नसकेको बताए।

वरिष्ठ उपाध्यक्ष एव् पूर्व मन्त्री सोनाम ग्याछो लेप्चाले आज सिक्किमको अस्तित्व संकटमा परेको छ भन्दै सिक्किम बचाउन एसडीएफलाई फर्काउन आवश्यक भएको बताए। लेप्चाले राज्यमा बढ्दो राजनीतिक हिंसाप्रति चिन्ता प्रकट गर्दै केएन राईमाथि भएको आक्रमणको निन्दा गरे।

लेप्चाले भने, यस्ता राजनीतिक हिंसाले हाम्रो समाजलाई अधोगतितिर लैजान्छ, यसैले सिक्किम बचाउन एसडीएफ प्रतिबद्ध छ। लेप्चाले उत्तर सिक्किमका बाढी पीडित जनताको पुनर्वासका निम्ति एसकेएम सरकारले कुनै काम नगरेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नवाङ छोपेल लेप्चाले उत्तर सिक्किममा पार्टीको कार्यालय उद्घाटन हुनु भनेको उत्तर सिक्किमका जनताका निम्ति लोकतन्त्रको जीत भने। उनले भने, यो कार्यालय जनताको विश्वास केन्द्र हो, सिक्किम बचाउने मन्दिर हो।

कार्यक्रममा उपाध्यक्ष पञ्चायत प्रकोष्ठ अङ्गुली लेप्चा अनि जिल्ला अध्यक्ष पासाङ भोटियाले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement