खरसाङ: खरसाङको २८ नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर १, ६ र ७ क्षेत्रलाई लिएर क्यारेम प्रतियोगिता २ अनि ३ मार्च सम्पन्न भएको छ।

विशेष सभासद श्याम शेर्पाकाे सहयोग अनि वार्ड नम्बर ६ अनि ७ का युवा शक्तिद्वारा आयोजना गरेकाे एकल अनि डबल क्यारेम प्रतियोगितामा एकलमा विजेता नकुल छेत्री अनि उप विजेता वाङचुक शेर्पा भए साथै डबलमा विजेता प्रकाश परियार अनि नकुल छेत्री विजेता भए भने उप विजेता दिपम थामी अनि बुध्द थामी भएका छन्। विजेता र उप विजेता लाई नगदराशि ट्रफी प्रदान गरियो। आजको कार्यक्रममा विशेष बीएलएलआरओ गिता शेर्पा, खरसाङ ब्याटमिन्टन एसोसिएसनका सभापति एवं महकुमा युवा शक्ति सभापति पेमेन्द्र गुरुङ, वार्ड नम्बर ७ काे सभापति मोहन गुरुङ, समष्टि सभासद श्याम शेर्पा, गुम्बा कमिटीका आनिलाहरु, शेर्पा वेलफेयर एसोसिएसनका सभापति सानु शेर्पा, सचिव कर्म शेर्पा, शेर्पा एसोसिएसन खरसाङबाट गौतम शेर्पा र अन्य सदस्यहरू, सद्भावना सोसियल वेलफेयर सोसाइटीबाट अरुण तामाङ, शिव छेत्री साथै मन्टीभिट कमान क्षेत्रबाट सागर तामाङ, प्रेम बम्जन, महेश राई र अन्यकाे उपस्थिति रहेको थियो। आजको कार्यक्रममा विशेष राहुल थापा फुटबलमा राष्ट्रिय स्तरमा सुब्रतो कप खेलेर साथै अन्य राष्ट्रिय स्तरमा अन्य राज्यमा खेलेर आएकोले साथै सरिता तामाङ जसले गोर्खा सुन्दरी खरसाङ अनि नर्थ ईष्ट सिलगढीमा सहभागिता जनाए र उपलब्धिहरु हाशिल गरेकोमा सम्बर्द्धना जनाइएको छ। सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने नानीहरूलाई पनि प्रमाण पत्र र उपहार प्रदान गरियो।

कार्यक्रममा पेमेन्द्र गुरुङ र सभासद श्याम शेर्पाले वक्तव्य राखेका थिए भने सञ्चालन गणेश प्रधानले गरेका थिए।










