लकेट च्यटर्जीले शुरू गरिन् चुनाउ प्रचार

IMG-20240303-WA0228.jpg

हुगली:  गए शनिवार भाजपाले आफ्ना उम्मेद्वारहरूको पहिलो सूची जारी गरेको थियो जसमा पश्चिम बंगालको २० वटा सीट सामेल छ। उम्मेद्वाहरूको घोषणा भएको दोस्रो दिन आइतवार हुगली लोकसभा सीटबाट भाजपा उम्मेद्वार लकेट च्यटर्जीले प्रचार शुरू गरिन्। चुनाउ प्रचारको पहिलो दिन भाजपा उम्मेद्वार लकेट च्यटर्जीले पिपुलपाती क्षेत्रमा आफ्ना समर्थकहरू सहित भित्ते लेखनमा भाग लिइन्। त्यसपछि उनले हुगलीको कपासडांगा क्षेत्रमा हुगली सांगठनिक जिल्लाका कार्यकर्ताहरूसित सांगठनिक बैठक गरिन्। साँझमा लकेट च्यटर्जी चन्दननगरको रानीघाट क्षेत्रमा आयोजित चियामा चर्चा कार्यक्रममा सामेल भइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement