खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मैरिज -३ ग्राम पञ्चायतको पंखाबारी नयाँ गाऊँमा आरआईडीएफ विभागको पहलमा बाटोको सर्वेक्षण गरियो। पंखाबारी लंगभ्यु अम्बटे समष्टिकी कार्यकारी सभासद कल्पना प्रधानको पहलमा ग्रामवासीको दीर्घकालीन माग पूरा हुन गइरहेकोमा ग्रामवासीहरूमा खुशीको लहर छाएको छ। समष्टिको कार्यकारी सभासद कल्पना प्रधानले यस कार्यको निम्ति जीटिए प्रमुख कार्यपालप्रति ग्रामवासीको पक्षबाट कृतक्षता प्रकट गरिन्। आज सम्पन्न सर्वेक्षण टोलीमा समष्टि कार्यकारी सभासद कल्पना प्रधान, समष्टि सचिव ललित प्रधान, समष्टि प्रचार प्रसार सचिव जिनोद परियारको विशेष उपस्थिति रहेको थियो।

यस रोडको सर्वेक्षण विषयमा क्षेत्रीय सभासद कल्पना प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।










