जीटीए स्तरीय अण्डर १५ फुटबल प्रतियोगितामा फाइनलसम्म पुग्ने पंखाबारी अम्बटे लंगभ्यु समष्टिको टोलीलाई सम्मान

IMG-20240303-WA0208.jpg

खरसाङ: खरसाङको पंखाबारी अम्बटे लंगभ्यु समष्टि अन्तर्गत गाडीधुरा सार्वजनिक भवनमा जीटीए स्तरीय खुल्ला नकअउट फुटबल प्रतियोगितामा फाइनल सम्म पुग्न सक्षम टोलीलाई आज सम्मान जनाइएको छ। गत २ फरवरी देखि २५ फरवरी २०२४ सम्म सिंग्ले युनाइटेड ब्वोइज क्लब मंग्पुको आयोजनामा सम्पन्न भएको पन्ध्र वर्ष मुनिका जीटीए स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा फाइनलसम्म पुग्न सक्षम पंखाबारी अम्बटे लंगभ्यु समष्टिका खेलाडी साथै कोच मनदिप रिजाल, विशाल देवान अनि राजा राईलाई सम्मान जनाइएको थियो। क्षेत्रीय सभासद कल्पना प्रधान, खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामु, सन्त मेरी तीन ग्राम पञ्चायत सदस्य सुब्रता लकान्द्री, समष्टि महासचिव ललित प्रधान, सह-सचिव कुनाल छेत्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, समष्टि युवा शक्ति सदस्य अजय छेत्रीको विशेष उपस्थिति रहेका थियो।

ललित प्रधानद्वारा सञ्चालित कार्यक्रममा प्रतियोगितामा अंश ग्रहण गरेका खेलाडीहरूलाई सभासद कल्पना प्रधानद्वारा खदा लगाई सम्मान गरियो। यसको साथै समष्टिको फुटबल दललाई प्रशिक्षण गर्ने तीनै प्रशिक्षकलाई सम्मान जनाइएको थियो। सभासद् कल्पना प्रधानले आयोजक समितिलाई धन्यवाद सहित बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement