भागोप्रमो खरसाङ टाउन कमिटीद्वारा वार्ड नम्बर दुईमा सांगठनिक सभा सम्पन्न

IMG-20240303-WA0196.jpg

हाम्रो पहाड़कोे देवी देउताकोे झूटो कसम खाएर राजनीति गर्ने नेताहरुसँग गोर्खा जाती सचेत बस्नुपर्छ: सभासद श्याम शेर्पा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको आयोजनामा खरसाङको वार्ड नम्बर दुईमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङको सुनौलो परिवार समिति भवनमा वार्ड सभापति शान्ता कुमार प्रधानको अध्यक्षता अनि टाउन कमिटीका कार्यवाहक सचिव तथा वार्ड कमिटीका मूल सचिव बीरबल पाखरीनले गरेका थिए। टाउन कमिटीका सांगठनिक सचिव रञ्जन गजमेरले स्वागत सम्भाषण राखेका थिए। सभामा वक्तव्य राख्ने क्रममा महकुमा समिति सदस्य प्रेम बम्जन, केन्द्र समिति सदस्या प्रभा छेत्रीले सांगठनिक विषयमा वक्तव्य राखेका थिए भने टाउन कमिटीका अध्यक्ष राजु शर्माले मिशन जागरण आवश्यकता किन पर्यो भन्ने विषयमा स्पष्ट गर्दै विगत पन्द्रह वर्षदेखि बार बार बीजेपी पार्टीले पहाड़को जनतासंग ढाँटको राजनिटीति गरेर भोट ब्यांक बनाएर मात्र राखेको छ भनी आरोप लगाएका छन्। उनले यदि कश्मीरी पण्डितहरुलाई जनजातिको दर्जा दिन सक्छ भने गोर्खा जातिलाई किन दिँदैन भन्ने प्रश्न चिह्न लगाउँदै अब हामी पहाडकाे जनता सचेत हुनुपर्छ उनी बताए। सभामा २८ नम्बर समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, टाउन कमिटीका संयोजिका देवकी प्रधान सुब्बाले नारी शक्तिलाई लिएर वक्तव्य राखेका थिए। सभामा मुख्य वक्ताकोे रूपमा २८ नम्बर समष्टिका सभासद श्याम शेर्पाले अनित थापाकाे कुशल नेतृत्वमा खरसाङमा भएको विकासमूलक कार्यहरूको जानकारी दिए। उनले सांसदहरूले विकासकोे निम्ति पाएको फण्डले पहाड़कोे जनताको निम्ति के कति कार्यहरु गरे त्यसको जानकारी कतैबाट पनि नपाएको भन्दै उनीहरुसँग पनि हामीले प्रश्न गर्नु सक्नुपर्छ। हाम्रो पहाड़कोे देवी देउताकोे झुटो कसम खाएर राजनीति गर्ने यस्ता नेताहरुसँग गोर्खा जाती सचेत बस्नुपर्छ भनी बताएका छन्।

आजको सांगठनिक सभामा महकुमा समिति नारी शक्ति सचिव मैयाँ ठकुरी, महकुमा समिति सदस्य प्रेम बम्जन, टाउन कमिटीका कोषाध्यक्ष राजेन प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *