३५ अर्ब डलरमा बिक्यो धरतीको स्वर्ग भनिने ‘रस अल हिक्मा’

Ras-El-Hikma

आर्थिक समस्यासित जुझिरेहेको इजिप्टको सरकारले आफ्ना प्रमुख शहरहरू एक एक गरेर बेच्न बाध्य भएको छ। यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य शहर ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई धरतीको स्वर्ग भनिन्छ। इजिप्टको यो ऐतिहासिक शहर अरू कुनै देशले होइन, मुस्लिम राष्ट्रले किनेको हो। यो देशको नाम युएई हो। युएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ किनेको छ। ‘रास अल हिक्मा’ समुन्द्रको किनारमा अवस्थित अति सुन्दर शहर हो। यद्यपि, यो शहर इजिप्टलाई बेच्न बाध्य भयो। ‘रास अल हिक्मा’ पर्यटकको मनपर्ने ठाउँको रूपमा पनि प्रसिद्ध छ।

संचारमाध्यमहरूको रिपोर्टअनुसार, इजिप्टले यो शहर किनेपछि युएईले छिट्टै यहाँ धेरै प्रोजेक्टमा काम शुरु गर्न लागेको छ। यहाँ युएईले करिब १५० अर्ब डलरको लगानी योजना बनाएको छ। यस मेगा प्रोजेक्टमा इजिप्टको पनि ३५ प्रतिशत सेयर छ। यदि यो योजना सफल भयो भने, यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ। युएई बाहेक साउदी अरेबिया र कतारले पनि इजिप्टका धेरै शहर खरिद गर्न चासो देखाएका छन्। इजिप्टको वर्तमान आर्थिक अवस्था निकै दयनीय छ। जसका कारण ठूला शहरहरु बेच्न बाध्य भइरहेका छन्। वर्तमान सरकारले अन्य मुलुकबाट पनि ऋण लिएको छैन। भर्खरै इजिप्टले साउदी अरेबिया र युएईजस्ता देशसँग ऋणको लागि अनुरोध गरेको थियो तर ती दुवै देशले निराश बनाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *