भागोप्रमोकाे वार्ड नम्बर ५ अनि ८ मा सांगठनिक सभा सम्पन्न

IMG-20240303-WA0193.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे धारावाहिक रूपमा भईरहेको मिशन जागरण सभा टाउन कमिटीकाे तत्वधानमा वार्ड नम्बर ५ अनि वार्ड नम्बर ८ सम्पन्न भएको छ। पहिलो सभा वार्ड नम्बर ५ मा लक्ष्मण गुरुङकोे अध्यक्षतामा ग्राम सुधार समिति लोवर डुमाराम बस्तीको समिति भवनमा सम्पन्न भयो। सभामा सर्वप्रथम भागोप्रमो वार्ड कमिटीका मूल सचिव भीम प्रधानले स्वागत जनाउँदै वार्डकाे समस्यासँग अवगत गराए। उनले संगठनलाई अझैं सुचारू रुपले वार्ड सञ्चालन गर्नकाे निम्ति सुझावहरु राखे भने, टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाखरीनले सभाकाे सञ्चालन गर्दै सम्पूर्ण नेतृत्वहरुको परिचय गराउनका साथै वार्डका नेतृत्वहरुलाई स्वागत जनाउँदै मिशन जागरण यात्राकाे औचित्य विषय लिएर सबैलाई जानकारी दिएका छन्।वक्तव्य दिने क्रममा केन्द्रीय समिति अध्यक्ष् अनु प्रधान, 28 नम्बर समष्टिका सभासद श्याम शेर्पा, टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बल, टाउन कमिटी नारी शक्तिका संयोजिका देवकी प्रधान सुब्बा थिए। सभामा मुख्य वक्ताकाे रूपमा महकुमा समितिका मूल सचिव प्रणाम रसाइलीले विगत पन्द्रह वर्षदेखि बीजेपीकोे उम्मेदवारलाई हामीले पहाड़बाट जिताएर पठाउँदा पनि हामी गोर्खा जातिसँग कोल्टे नीति गरेर अवहेलित गर्दै आएको कुरालाई ध्यान टमा राखेर अनित थापाले मिशन जागरण अन्तर्गत पहाड़कोे प्रत्येक जनतालाई घर दैलोमा पुगेर जागरुक गराउनु भनी दिएको आदेशलाई निरन्तरता दिँदै प्रत्येक वार्डमा टाउन कमिटीकोे कर्मठ नेत्तृत्वहरुको तत्वधान यसरी सभाकोे आयोजन भईरहेको छ। र अब पहाड़काे जनता सचेत हुनुपर्छ भन्दै वक्तव्य राखे। दोस्रो सभा वार्ड नम्बर ८ मा नगरपालिकाको हल घरमा डीबी लामाकाे अध्यक्षतामा सभा सम्पन्न भयो। सभाकोे सञ्चालन वार्डका सदस्य सुभाष राईले गरेका थिए। सभामा बीरबल पाख्रीनले उपस्थित नेत्तृत्वहरुसँग परिचयकाे साथमा वार्डका प्रतिनिधिहरूलाई भागोप्रमोकाे तर्फबाटट खदा लाएर स्वागत जनाए। केन्द्रिय अध्यक्ष अनित थापाको निर्देशनमा धारावाहिक रूपमा लागातार पहाड़कोे जनतालाई जागरुक गर्नकाे निम्ति निरन्तर रुपमा मिशन जागरण अन्तर्गत सभा हुँदैछ। आज त्यसलाई अघि बढाउँदै हजुर हरुको वार्ड मा आएको हो। वक्तव्य राख्ने क्रममा टाउन कमिटीका अध्यक्ष राजु शर्माले खरसाङ नारी शक्ति महकुमा समितिका मूल सचिव मैया ठकुरी, २८ नम्बर समष्टिका सभासद श्याम शेर्पा, टाउन कमिटी नारी शक्तिका संयोजिका देवकी सुब्बा प्रधान अनि खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइलीले सांगठनिक वक्तव्य राखेका थिए। वार्ड नम्बर ८ मा प्यारेन्ट्स बडी सांगठनिक निष्क्रियता र नेत्तृत्वविहीन भएकोलाई ध्यानमा राख्दै पुनः सुचारु अनि बलियो बनाउन हेतु टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बलले पुनः बलियो बनाउन चको निम्ति पुरानो वार्ड प्यारेन्ट्स बडीलाई विघठन भएको घोषणासितै नयाँ कमिटी गठन गर्न हेतु सुभाष राईलाई वार्ड नम्बर ८ कोे संयोजक नियुक्त गरे।

यस सांगठनिक सभामा जीटीएका कार्यकारिणी सभासद कल्पना प्रधान, केन्द्र समिति का सदस्या जैतून निशा, महकुमा समिति का कोषाध्यक्ष सञ्जय प्रधान, टाउन कमिटीका कोषाध्यक्ष राजेन प्रधान, युवा शक्ती का मूल सचिव बंधन लामा बिमल मुखिया अमित तामाङ्ग लगायत टाउन कार्यकारणी सदस्य रमोद गुरुङ, विकास तामाङ्ग अनि रामु राउत उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement