जुरेलको प्रतिभासँग प्रभावित कुम्बले

IMG-20240303-WA0190.jpg

नयाँ दिल्ली: भारतका महान लेग स्पिनर अनिल कुम्बलेले युवा ध्रुव जुरेलको प्रशंसा गर्दै यस विकेटकीपर-ब्याटरसँग महान कप्तान एमएस धोनीले आफ्नो करियरमा हासिल गरेको उपलब्धिहरूसम्म पुग्ने क्षमता रहेको बताए। जुरेलले ईंग्ल्याण्ड विरुद्ध राजकोटमा खेलिएको तेस्रो टेस्टमा पदार्पण गरेका थिए अनि पहिलो म्याचमै १०४ बलमा ४६ रनको महत्त्वपूर्ण ईनिंग्स खेलेका थिए। त्यस म्याचमा भारत ४३४ रनले विजयी भएको थियो। त्यसपछि राँचीमा खेलिएको चौथो टेस्टमा पनि २३ वर्षीय जुरेलले म्याच जिताउने प्रदर्शन गरेका थिए। कुम्बलेले बताएअनुसार, जुरेलले आफ्नो ब्याटिंगमा रक्षण र आक्रमकताबीच असल तालमेल देखाएका छन्। उनले भने, ध्रुव जुरेलसँग आफ्नो करियरमा निश्चित रूपले एमएस धोनीले हासिल गरेको उँचाईहरूसम्म पुग्ने योग्यताहरू रहेको छ। आफ्नो करियरको पहिलो ईनिंग्समा पनि उनी आश्वस्त थिए अनि सेट भएपछि ठूलो छक्का लगाए। कुम्बलेले भने, जुरेलको ग्लभ्सवर्क पनि असाधारण छ। विकेटको पछि उभिएर पनि उनले प्रभावशाली प्रदर्शन गरेका छन्। विशेषगरी पेस बलरहरू विरुद्ध उनले असाधारण प्रदर्शन गरे। यो उनको केवल दोस्रो टेस्ट हो अनि उनले अब केवल आफ्नो प्रदर्शनमा सुधार गर्नेछन्। यो भारतको निम्ति असल संकेत हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *