भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत विभिन्न स्थानहरूमा सांगठनिक सभा सम्पन्न

IMG-20240303-WA0186.jpg

खरसाङ: भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान अन्तर्गत चौथो दिनको सभा तीनधारे महानदी समष्टीको विभिन्न स्थानहरूमा सांगठनिक सभा सम्पन्न भएको छ। आजको पहिलो सांगठनिक सभा सिपाहीधुरामा सम्पन्न भएको छ। उक्त सभा मोहनकुमार प्रधानको अध्यक्षता र सजित राईको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई खरसाङ खण्डको चुनाव प्रभारी प्रणाम रसाइली, सभासद नवराज छेत्री, समष्टीको सांगठनिक सचिव एंव प्रवक्ता बिपन विश्वकर्म आदिले सम्बोधन गरेका थिए। सिपाहीधुरामा शाखा प्रशाखाहरूका गठन कार्य आगामी १३ मार्चको दिन तीनधारे महानदी समष्टिको पार्टी कार्यालयमा सम्पन्न सभामा नै गरिने निर्णय गरिएको छ। त्यसरी नै अर्का सभा नरबुङ चियाबारीमा सम्पन्न भएको छ। उक्त सभा मातृका देवानको अध्यक्षता र राजेस थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई महकुमा समितिको सचिव प्रणाम रसाइली, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, प्रवक्ता बिपन विश्वकर्म आदिले सम्बोधन गरेका थिए। सभामा नरबुङ चियाबारी शाखा गठन गरिएको छ। उक्त कमिटीमा सभापति प्रणय देवान र सचिव बीरेन राई चयन भएका छन् भने नरबुङ चियाबारीमा सातवटा प्रशाखाहरू गठन गरिएको छ। त्यसरी समष्टीको अर्को सभा सिमरिङ चियाबारीमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता डीबी सुब्बाले गरेका थिए भने सञ्चालन दिवस वाईबाले गरेका थिए। सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव अल्फ्रेट तामाङ, महकुमा सचिव प्रणाम रसाईली आदिले वक्तव्य राखेका थिए। भागोप्रमो तीनधारे महानदी समष्टिको अर्को सभा मालुटार चियाबारीमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता पञ्चायत सदस्या सृजना छेत्रीले गरेका थिए भने नरेस राईले सञ्चालन गरेका थिए। सभामा तीनधारे महानदी समष्टिको उपाध्यक्ष कुमार छेत्री, महकुमा समितिको सचिव एंव चुनाव प्रभारी प्रणाम रसाइली र समष्टीको प्रवक्ता एंव सांगठनिक सचिव बिपन विश्वकर्मले सम्बोधन गरेका थिए। सभामा भागोप्रमो युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मंगर लगायत सभासद नवराज छेत्री, समष्टी सभापति राजीव थापा र अन्य पदाधिकारीहरू पनि उपस्थित रहेका थिए। भागोप्रमो तीनधारे महानदी समष्टिको चौथो चरणको शाखा पसौं अभियान अन्तर्गत विभिन्न स्थानहरूमा गरिएको सांगठनिक सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *