यसपाली पनि तपाईहरू फेरि सपनाको क्याम्पेनमा बहकिनु भयो भने विपनामा झुक्किनु हुनेछ: अनित थापा

IMG-20240303-WA0182.jpg

सोनादा: जीटीए क्षेत्र अन्तर्गत नागरी धजे समष्टिमा आयोजित विभिन्न परियोजनाको शिलान्यास कार्यक्रमको सम्बोधनमा जीटीए चिफ् अनित थापाले भने, “अब चुनाव आउँदैछ। सपना बेच्न थुप्रै नेताहरु आउनेछन्। प्रधानमन्त्रीले गोर्खाल्याण्ड दिन्छु भनेका छैनन्। उनले पनि सपना मात्र देखाएर गए। यसपाली पनि तपाईहरू फेरि सपनाको क्याम्पेनमा बहकिनु भयो भने विपनामा झुक्किनु हुनेछ। आउने चुनावमा मैले चलाउँदै गरेको कलमको निवमा मसी हाल्नुहुन्छ कि सपनाको व्यापार गर्नेलाई।”

भाजपाले हामीलाई अवहेलना गरेको छ। यहाँसम्म कि केन्द्रले आयोजना गरेको सैनिक भर्तीको परीक्षामा हाम्रो मातृ भाषा नेपालीमा परीक्षा लेख्नुदेखि वञ्चित गरायो भन्दै थापाले भने, “यसपालीको चुनाव एकदमै महत्वपूर्ण चुनाव हो। झुक्याउनेलाई भोट हाल्नु हुन्छ कि काम गर्नेलाई हाल्नुहुन्छ। १५ वर्षसम्म हामीले बीजेपीलाई भोट दियौं तर हामीले काँटीसम्म पाएनौं। यसपालीको चुनावमा काँटी पनि नदिनेलाई भोट हाल्नु हुन्छ कि घर घरमा विकास पुर्याउनेलाई दिनुहुन्छ?”

थापाले अझ भने, “पहाडमा नयाँ विकासको आयाम स्थापित भएको छ।हामी तृणमूल सँग गठबंधनमा छौ। बीजिपीएम पार्टीले लोकसभाको चुनावमा उम्मेद्वार दिनेछ। तर हामी हाम्रो चुनाव चिन्हमा चुनाव लडेर जीत हासिल गर्नु सक्दैनौ। मधेसको भोट चाहिन्छ। त्यसैले भोटको निम्ति सिलीगुडी क्षेत्रको भोट तान्नु हाम्रो चुनाव चिन्ह अलगै रहनेछ।”
शिलान्यास कार्यहरू समष्टिको निम्ति लाभप्रद रहेको बताउँदै समष्टिका सभासद साथै जीटीए सभाका चेयरम्यान अञ्जुल चौहानले भने, “हाम्रो समष्टिमा पिउने पानीको ठूलो समस्या छ। समष्टिमा लागु गरिने करीब ८३ करोड लागतको हर घर जल परियोजनाले यहाँका मानिसहरूको पिउने पानीको समस्या समाधान हुनेछ। यो परियोजना आजदेखि नै सुरु हुनेछ।”

त्यसरी नै पथश्री योजना अन्तर्गत सातवटा सडक निर्माण योजनाको पनि शिलान्यास भएको छ। पोख्रेबुङ ग्राम पञ्चायत २ अनि ३ मा रू. ५० लाखको लागतमा लागु गरिने विभिन्न योजनाको पनि शिलान्यास गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement