राजगञ्जको साहुडांगीमा रेलको ठक्करबाट एक जनाको मृत्यु

topic-15-a-train-killed-a-drunken-man-in-battambong-on-06-01-2020-by-suplei-1.jpg

Loading

राजगञ्ज: रेलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राजगञ्जको साहुडांगी क्षेत्रमा रहेको फ्लाईओभर नजिक आज दिउँसो यो दुर्घटना भएको हो। स्थानीय स्रोतका अनुसार ती व्यक्ति साहुडांगी क्षेत्रमा रहेको रेलवे ओभर ब्रिजमुनि साइकलमा रेल लाइन पार गर्दै थिए। सोही क्रममा रेलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ड्युटीमा रहेका एक रेल कर्मचारीले खबर सुनेपछि तुरुन्तै घटनास्थल पुगे। रेलवे पुलिसले घटनास्थल पुगेर लाश बरामद गरेको छ। पुलिसले व्यक्तिको पहिचानको प्रयास गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement