कोलकाता: तृणमूल कांग्रेसले लोकसभा चुनावको अघि कुणाल घोषको प्रवक्ता पदको राजीनामा स्वीकार गरेको छl शनिबारा साँझ घोषले एक्स-ह्यान्डलमा यसको पुष्टि गरेका छन्l यद्यपि, टीएमसीले अहिलेसम्म पार्टीको एक अन्य पद, राज्य महासचिवको पद छोड्ने उनको इच्छामा निर्णय लिएको छैन कुणाल घोषले लेखेका छन्, ‘पार्टी सित मेरो विनम्र अनुरोध छ, अन्य पदबाट मेरो राजीनामा स्वीकार गरियोस्। म त्यस भन्दा अघि बढ्ने छुइनँl म पार्टीको सिपाही नै रहनेछुl’ शुक्रवार, पूर्व टीएमसी राज्यसभा सांसद, जो पार्टीको मुखपत्र जागो बांगलाका हुन्, उनले पद छोड्नेबारेमा पार्टीकी सुप्रीमो तथा मुख्यमन्त्री ममता ब्यानर्जी र राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीलाई आफ्नो राजीनामा पठाएका थिएl