अलिपुरद्वार जिल्लाको बीटीआरमा हात्तीको आक्रमणमा वनकर्मीको मृत्यु

elephant-copy

अलिपुरद्वार: आरक्षित वन क्षेत्रमा शाकाहारी जानवरहरुको गणना शुरू भएलगत्तै शनिबार अलिपुरद्वार जिल्लाको बक्सा टाइगर रिजर्व (बीटीआर)मा हात्तीको आक्रमणमा एक वनकर्मीको मृत्यु भएको समाचार छl ५७ वर्षीय मृतक कायम मियाँक गाउँका आक्रोशित मानिसहरूले स्थानीय वन रेन्ज कार्यालयअघि प्रदर्शन गरेl   वरिष्ठ वनकर्मीहरूको हस्तक्षेप गरेपछि मृतकका आफन्तलाई नौकरी र क्षतिपूर्ति दिने घोषणा गरिएको समाचार छ। संचारमाध्यमको समाचारमा स्रोतले बताएअनुसार शनिबारदेखि बीटीआरमा शाकाहारी जनावरहरूको गणनाको लागि छह दिनको अभियान शुरू भयो। कायम मियाँको मृत्युको फैलिने साथ् आफन्तहरू र छिमेकीहरू आक्रोशित भए अनि जैंती स्थित रेंज कार्यालय पुगेर प्रदर्शन गरेl कायमका भाई अब्दुल कादरले भने, ‘मेरो भाई एक वृद्ध कर्मचारी थिए तरै पनि उसलाई बीटीआरको मुख्य भागको एक दुर्गम क्षेत्रमा पैदल पठाइयोl’ वरिष्ठ वन अधिकारीहरूका अनुसार घटनाको जाँच कार्य भइरहेको छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement