अलीपुरद्वार: बक्साको जंगलमा रेञ्जर औ पशु चिकित्सकहरूको उपस्थितिमा ९० वटा चितल हिरणलाई छोड़िएको छ। बाघहरूको भोजन आपूर्ति सुनिश्चित गर्नको लागि यसपूर्व पनि बक्सा टाइगर प्रोजेक्ट अन्तर्गत राजाभातखावा जंगलबाट ल्याइएको २९ वटा चितल हिरणलाई गत १६ फरवरीको दिन छोड़िएको थियो।
बितेको तीन वर्षभित्रमा लगभग सयवटा चितल हिरणहरूलाई बक्सा जंगलमा छोड़िसकिएको छ।
बक्साको जंगलमा साँभर र बार्किंग डियरको संख्या धेरै भए पनि बाघहरूको मुख्य आहार चितल हिरणको संख्या भने कम छ। यसलाई मध्यनजर गर्दै वन विभागले राज्यका विभिन्न अभयारण्यहरूबाट बक्साको जंगलमा चितल हिरण ल्याउने योजना बनाएको छ। सोही योजना अनुरूप चितल हिरणहरूलाई यहाँको जंगलमा छोड़िँदैछ।
वन विभागको सूत्र अनुसार शनिवार अबेर राती छोड़िएका यी हिरणहरूलाई बर्दवान जिल्लाको रमना बगान वन्यजीव अभयारण्यबाट ल्याइएको थियो।