पहिलो टेस्टमा न्यूजील्याण्ड विरुद्ध १७२ रनले अष्ट्रेलियाको जीत

IMG-20240303-WA0168.jpg

वेलिंगटन: अफ् स्पिनर न्याथन लायनको विध्वंशी बलिंगको सहायताले अष्ट्रेलियाले पहिलो क्रिकेट टेस्ट म्याचमा न्यूजील्याण्डलाई १७२ रनको ठूलो अन्तरले पराजित गरी दुईवटा टेस्ट म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। जीतको निम्ति ३६९ रनको चुनौतीपूर्ण लक्ष्यलाई खेदो गर्दै आइतवार म्याचको चौथो दिन न्यूजील्याण्ड १९६ रन बनाएर अलआउट भयो। असाधारण फर्ममा रहने लायनको स्पिन बलिंग समक्ष न्यूजील्याण्डका ब्याटरहरूले आत्मसमर्पण गरे। लायनले ६४ रन खर्च गरी ६ विकेट लिए। यसरी उनले म्याचमा १०८ रन खर्च गरी जम्मा १० विकेट लिए। यसरी लायनले आफ्नो करियरमा पाँचौंपल्ट म्याचमा १० या त्यसभन्दा अधिक विकेट लिने उपलब्धिलाई हासिल गरे। उनले अष्ट्रेलियाको दोस्रो ईनिंग्समा नाइट वचम्यानको रूपमा ओर्लिएर महत्त्वपूर्ण ४१ रन पनि बनाएका थिए।
शनिवारको स्कोर ३ विकेटमा १११ रनदेखि अघि खेल्दै न्यूजील्याण्डले आज आफ्नो दोस्रो ईनिंग्समा ८५ रन जोड़ेर रहल ७ विकेट गुमायो। तेस्रो दिन अविजित रहने अर्द्धशतक बनाएर अविजित रहने रचिन रविन्द्र आज शुरुमै आउट भए। उनले ८ वटा चौका र एउटा छक्काको साथ ५९ रन बनाए। त्यसपछि लायनले विपक्षी टीमका दुई प्रमुख ब्याटर टम ब्लण्डेल (शून्य) र ग्लेन फिलिप्स (०१)-लाई झटपट आउट गरी न्यूजील्याण्डलाई चेपारोमा पारे। त्यसपछि डेरिल मिचेल पनि ३८ रनको निजी स्कोरमा जोश हेजलवुडको शिकार बने। तल्लो क्रममा म्याट हेनरीले १४ र कप्तान टिम साउदीले ७ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा लायन बाहेक जोश हेजलवुडले २ विकेट हासिल गरे। यसरी ट्रेविस हेड र क्यामरन ग्रीनको झोलीमा १-१ विकेट रह्यो। म्याचमा अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा ३८३ रन बनाएको थियो। त्यसपछि न्यूजील्याण्डको पहिलो ईनिंग्स केवल १७९ रनमा समाप्त हुँदा अष्ट्रेलियालाई पहिलो ईनिंग्सको आधारमा २०४ रनको मजबूत बढ़त हासिल भएको थियो। त्यसपछि अष्ट्रेलियाई टीम आफ्नो दोस्रो ईनिंग्समा १६४ रनमै अलआउट भए पनि समग्रमा ३६८ रनको बढ़तले गर्दा टीमले आफ्नो जीत सुनिश्चित गरेको थियो। म्याचको दुईवटा ईनिंग्समा अविजित १७४ र ३४ रन बनाउनको साथै १ विकेट पनि लिने अष्ट्रेलियाई अलराउण्डर ग्रीनलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *