म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा खिताब जित्ने प्रबल दावेदार रियल म्याड्रिड हताशाजनक ड्र-को सम्मुखीन भयो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडलाई भेलेन्सियाले २-२-को ड्र-मा रोक्यो। म्याचको शुरुमै २ गोल खाएपछि जसोतसो म्याच बचाउने रियल म्याड्रिडलाई म्याचको अन्तिम क्षणमा ठूलो धक्का लाग्यो जब टीमका मुख्य खेलाड़ी मीडफिल्डर जूड बेलिंघमलाई इञ्ज्युरी टाइमको नवौं मिनटमा रेड कार्ड देखाइयो। यस अवे म्याचमा ७१ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिड शुरुमै पछाड़िन पुग्यो। हूगो डुरोले २७औं र रोमन यारेमचुकले ३०औं मिनटमा गोल गरी होम टीमलाई २ गोलको बढ़त दिलाए। त्यहाँबाट रियल म्याड्रिडलाई विनिसियस जूनियरले म्याचमा फर्काए। यस अनुभवी फरवर्डले मध्यान्तरको ठीक अघि (इञ्ज्युरी टाइमको पाँचौं मिनट) र ७६औं मिनटमा गोल गरे। यस ड्र पछि रियल म्याड्रिड २७ वटा म्याचमा ६६ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्षमा कायम रह्यो।

यसरी भेलेन्सिया ३७ पोइण्ट्सको साथ नवौं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा सेविलेले रियल सोसिएदादलाई ३-२-ले अनि सेल्टा विगोले अल्मेरियालाई १-०-ले पराजित गऱ्यो। गेटाफे र लास पालमासबीचको म्याच ३-३ अनि रायो भाल्लोकानो र काडिजबीचको म्याच १-१-ले ड्र रह्यो।