मुख्यमन्त्रीद्वारा खेलगाउँको उदघाटन

IMG-20240229-WA0218.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज बुर्तुक निर्वाचन क्षेत्र अन्तर्गत खेलगाउँको विभिन्न पूर्वधारको उदघाटन गरे। विशेष गरेर मुख्यमन्त्री तामाङले आज सिन्थेटिक ट्र्याक फिल्ड, आर्चरी फिल्ड, बक्सिङ एरिना,खेलगाउँको विस्तारको उदघाटन गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले वर्तमान सरकारले खेलकूद क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै सबै खेलकूदलाई बराबर दृष्टिले हेर्दै सहयोग प्रदान गरेको अवगत गराए। एसकेएम पार्टीको सरकार गठन भएदेखि यता सबै निर्वाचन क्षेत्रमा पाँचवटा खेल मैदान बनाउने उद्देश्य लिएर सरकारले काम गरिरहेक मुख्यमन्त्रीले जानकारी गराउँदै उक्त मैदान निर्माणको निम्ति राज्य सरकारले तीस करोडको धनराशि छुट्टाएको बताए। उनले खेलाडीहरूलाई खेललाई समय कटनीकोरूपमा नलिएर पेशाकोरूपमा लिएर अघि बढने पनि सुझाउ दिए। राज्यका खेलाडीहरूले खेललाई गम्भीरतापूर्वकरूपमा लिएर खेलेको खण्डमा अवश्य पनि ओलम्पिक खेलमा सहभागिता जनाउन सक्ने अवसर पाउने सम्भावना व्यक्त गरे। राज्य सरकार सबै प्रकारको खेलाडीहरूलाई विभिन्नरूपले सहयोग गर्न तयार रहेको र अहिलेसम्म धेरै जना खेलाडीहरूलाई सहयोग पुऱ्याएको उनले किटान गरे। संस्थाको तर्फबाट कुनै पनि खेलाडीहरू राष्ट्रीय र अन्तराष्ट्रीयस्तरको प्रतियोगितामा छनौट भएको खण्डमा मुख्यमन्त्री कोषबाट सबै खर्च प्रदान गर्ने उनले बचन दिए। खेलकूदको क्षेत्रमा सिक्किम राज्यलाई अघि बढाउने उद्देश्यले सरकारले काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा प्रत्येक खेलकूद संस्थालाई प्रति वर्ष पाँच लाखसम्म दिने घोषणा गरे। यसरी नै आगामी दिनमा खेलकूदको क्षेत्रलाई अझ बढावा दिनको निम्ति सरकारले राज्यमा सञ्चालित कम्पनीहरूसँग मिलेर प्रत्येक कम्पनीले एउटा खेलकूद संस्थालाई काख लिनुपर्ने कानून नै बनाउने आश्वासन दिए। राज्यमा खेलकूदलाई अझ विकास गर्नको निम्ति क्लब कल्चरको स्थापना गर्नको निम्ति सरकारको तर्फबाट सबै प्रकारको पहल गर्ने मुख्यमन्त्रीले विश्वास दिलाए। यसरी नै खेलकूदको क्षेत्रमा लाग्ने खेलाडीहरूको अवकाश प्राप्त पछि उनीहरूलाई ग्याजेटेट अधिकारीको पदमा नियुक्त गरिने पनि बचन दिँदै यसको निम्ति कानून बनाउने अवगत गराए। आजको यस कार्यक्रममा खेलकूद क्षेत्रमा आवद्ध रहेको सबै संघ संस्थाहरूलाई आर्थिक सहयोग प्रदान गर्दै राष्ट्रीय र अन्तराष्ट्रीय स्तरमा आयोजित प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई व्यक्तिगतरूपमा प्रोत्साहन राशि प्रदान गर्ने जानकारी गराए। आजको यस कार्यक्रममा शिक्षा विभाग मन्त्री साम्दुप लेप्चा, खेलकूद एवम युवा मामिला विभाग मन्त्री साम्दुप लेप्चा र कृषि विभाग मन्त्री लोकनाथ नेपालको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *