खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाकाे धारावाहिक रूपमा भईरहेको सभालाई निरन्तरता दिँदै केन्द्रीय समितिका अध्यक्ष अनित थापाकाे निर्देश बमोजिम पहाड़काे जनतालाई जागरुक बनाउनको निम्ति घर दैलोमा पुगेर मिशन जागरण अन्तर्गत सांगठनिक सभा खरसाङको वार्ड नम्हर १७ अनि १८ लाई संयुक्त रूपमा नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो खरसाङ टाउन कमिटीकाे अगुवाईमा सम्पन्न भयो। उक्त सभाकाे अध्यक्षता २९ नम्बर समष्टिका सभापति तथा महकुमा युवा शक्ति टका अध्यक्ष पेमेन्द्र गुरुङले गरेका थिए। आजको यस संगठानिक सभामा टाउन कमिटीका सदस्य आनन्द गुरुङले सञ्चालन गर्दै उपस्थित नेत्तृत्वहरुसँग परिचय गराएका थिए। सर्वप्रथम वार्ड नम्बर १७ अनि १८ का भागोप्रमो, नारी शक्ति अनि युवा शक्तिका सभापति, सभानेत्री लगायत वार्ड कमिटी नेतृत्वहरुलाई स्वागत जनाइयो। सभामा वक्तव्य राख्ने क्रममा नारी शक्ति केन्द्रीय समितिका सदस्या जैतून निशा खातुन, महकुमा समितिका मूल सचिव प्रणाम रसाइली, टाउन कमिटी अध्यक्ष राजु शर्मा, कार्यवाहक अध्यक्ष सन्दीप बल, कार्यवाहक सचिव बीरबल पाख्रीन, टाउन कमिटी नारी शक्ति संयोजिका देविका सुब्बा प्रधानले आ-आफ्नो संगठनिक वक्तव्य राखेका थिए। अन्त्यमा आजका सभाध्यक्ष पेमेन्द्र गुरुङले खरसाङ टाउन कमिटीले मिशन जागरण यात्रालाई युद्ध स्तरमा अघि बढाउँदै निरन्तर रूपमा वार्ड वार्डमा सभा आयोजन गरिरहेकोमा धन्यवाद दिन्दै आफ्नो समभाषणपश्चात सभा समाप्ति को घोषणा गरे। सभामा भागोप्रमोका प्रमुख प्रतिनिधिगणमा महकुमा नारी शक्ति सचिव मैयाँ ठाकुरी, महकुमा सदस्य रबिन तामाङ, टाउन कमिटी सह सचिव सञ्जय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, टाउन कमिटी कार्यकारिणी सदस्य रामु राउत, विकास तामाङ, सन्तोष पहरी, अन्जय तोलाङ्गी, रबि तोलाङ्गी, पासाङ यल्मो, पूर्व पार्षद मोहन राई लगायत भागोप्रमो नारी शक्तिका सदस्याहरु उपस्थित थिए।










