बंगाल: पञ्चायती व्यवस्था फर्काई ल्यायौँ र त्यही व्यवस्थामा अब रोजगारको अवसर हुनेछ: अनित थापा

IMG-20240229-WA0196.jpg

दार्जिलिङ: हामीले पञ्चायती व्यवस्था फर्काई ल्यायौँ र त्यही व्यवस्थामा अब रोजगारको अवसर हुनेछ भनी जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले आज प्रेस विज्ञप्ति जारी गर्दै २३ वर्षपछि हामीले पञ्चायती व्यवस्था जीटीए क्षेत्रमा फर्काएर ल्यायौं भन्दै भने, पञ्चायती व्यवस्था फर्काएर हामीले हाम्रो गाउँ बस्तीमा विकासको मूल फुटाउने कार्य गरेका छौं। पहाडको निम्ति पञ्चायती व्यवस्था फर्किनु पहाडले नयाँ जीवन पाउनु हो।गाउँ बस्तीका स्थानीय जन नेतृत्वहरुले गाउँ घरको व्यवस्थापन गर्नेछन्। हामी सुव्यवस्था, सुशासनको दीर्घ मियादी भिजन लिएर काम गर्दैछौं। पञ्चायतीराजले शिक्षित अनि योग्य युवाहरूलाई रोजगारको अवसर पनि दिएको छ। जीटीए क्षेत्रको पञ्चायतहरूमा रोजगारको अवसर दिँदै राज्यपालको अनुमोदनसहित विभिन्न रिक्त पदहरुमा भर्ना गर्न पञ्चायत अनि ग्रामीण विकास विभाग, बंगाल सरकारले एउटा सूचना प्रकाशित गरेको छ।’
उनले अघि भने, ‘सूचना अनुसार जीटीए क्षेत्रका ग्राम पञ्चायत अनि पञ्चायत समिति अधीनस्थ कुल ५३५ रिक्त पद रहेको छ। रिक्त पदहरूको विवरण यसप्रकार रहेको छ।
दार्जीलिङ जिल्ला (जीटीए क्षेत्र)
ग्राम पञ्चायतमा ३३१ रिक्त पद
पञ्चायत समितिमा ३५ रिक्त पद छन्। त्यसरी नै कालेबुङ जिल्लामा रहेको ग्राम पञ्चायतहरूमा १५१ रिक्त पद र
पञ्चायत समितिमा १८ रिक्त पद छन्।’
उनले विज्ञप्तिमा भनेका छन् -‘शिक्षित युवा भाई बहिनीहरुको निम्ति यो अवसर २३ वर्षपछि निस्केको हो। योग्य अनि स्थानीय शिक्षित युवाहरूले आवेदन गर्न सक्नेछन्। यी रिक्त पदहरूमा भर्ना जिल्ला स्तरीय छनौट समितिले गर्नेछ। यसको परीक्षा कस्तो किसिमको रहनेछ त्यसको जानकारी समितिले समयमा सार्वजनिक गर्नेछ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *