सिक्किम: अप्पर तादोङ समष्टिका साहित्यकार, पत्रकार, बुद्धिजीवी र समाजसेवीहरू ‘साहित्य सर्जक सम्मान’ ले अभिनन्दित

n58755501817092161829780cdf0055045c128873b8819ed1f9df8d3ae9fc3f2995aefeec55a0c5d8de466a.jpg

गान्तोक: अप्पर तादोङ समष्टिका विधायक जीटी ढुङ्गेलको परिकल्पनामा बिहीवार समष्टिका वरिष्ठ साहित्यकार, पत्रकार र बुद्धिजीवी र समाजसेवीहरूका लागि ‘साहित्य सर्जक सम्मान समारोह’ आयोजन गरियो।

तादोङ, ५ माइलस्थित एउटा होटलमा आयोजित सम्मान समारोहमा विधायक जीटी ढुङ्गेलका बाहुलीबाट समष्टिका वरिष्ठ साहित्यकार, पत्रकार र बुद्धिजीवीहरूलाई अभिनन्दन जनाइयो।

विधायक ढुङ्गेलले राज्यमै सबैभन्दा बेसी साहित्यकार, सर्जक, पत्रकारहरू बसोबास गर्ने अप्पर तादोङ समष्टिका विद्वान् व्यक्तित्वहरूलाई यसरी सम्मान गर्न पाउँदा आफूलाई गौरव महसुस भएको बताएका छन्। कार्यक्रममा साहित्य अकादमी पुरस्कार प्रापक तथा सिक्किम सरकारका पूर्व सचिव गिर्मी गोपर्मा, वरिष्ठ साहित्यकार तथा सिक्किम सरकारका पूर्व सचिव केएन शर्मा, पूर्वमन्त्री सीबी कार्की, वरिष्ठ साहित्यकार रुद्र पौड्याल, प्रद्युम्न श्रेष्ठ, भारतको संविधानका अनुवादक कुबेरचन्द्र दाहाल, शिक्षा विभाग (उच्च शिक्षा) निर्देशक भीम ठटाललगायत अन्य विशिष्ट साहित्यसाधक, पत्रकार र बुद्धिजीवीहरू उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य अतिथि विधायक जीटी ढुङ्गेलले भारतलाई अङ्ग्रेज हुकूमतबाट स्वतन्त्रता दिलाउन लेखकहरूको ठूलो अवदान रहेको जनाउँदै साहित्यकार तथा पत्रकारहरू समाजका असली कारिगढ़ रहेको बताए। “साहित्यकार, पत्रकार, बुद्धिजीवी र समाजसेवीहरूलाई अभिनन्दन जनाउन पाउँदा ईश्वरलाई सम्मान गर्न पाएको महसुस गरेको छु। किनभने तपाईँहरू समाजका पथप्रदर्शक तथा मार्गदर्शक हुनुहुन्छ। रचनाधर्मितालाई तपाईँहरूले निरन्तरता दिनुपर्छ। सुन्दर भविष्य निर्माण गर्न तपाईँहरूको योगदान अपरिहार्य छ”-विधायक ढुङ्गेलले अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भने।

राज्यका वर्तमान मुख्यमन्त्री पीएस गोलेले साहित्यकारहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मान जनाउने कार्य गर्नाका साथै सोरेङमा परी प्रकाशन संस्थान स्थापना गरेर साहित्यकारहरूका रचनालाई प्रकाशमा ल्याउने पहल शुरु गरेको उनले बताए। “सिक्किममा साहित्य हाल धेरै फस्टाएर गएको छ। तीन-साढ़े तीन वर्षको छोटो अवधिमा सिक्किममा तीव्र गतिमा विकास भएको छ। यसको ज्वलन्त उद्हारण अप्पर तादोङ समष्टिलाई लिन सकिन्छ।”

समष्टिको सर्वाङ्गीण विकासका लागि साहित्यकार, पत्रकार र बुद्धिजीवीहरूको सुझाउको कामना गर्दै विधायक ढुङ्गेलले भने, “म तपाईँहरूको सुझाउ-सल्लाहलाई लिएर अघि बढ्न चाहन्छु। समाजको निर्माण गर्न तपाईँहरूको सुझाउ र मार्गदर्शनको आवश्यकता छ।” यो कार्यक्रमलाई सफल तुल्याउन साहित्यकार तथा पत्रकार किरण छेत्री, साहित्यकार डा. उदय छेत्री र कवि राधा पाण्डेको अमूल्य योगदान रहेको विधायक ढुङ्गेलले बताए।

यसभन्दाअघि अभिनन्दित व्यक्तित्वहरूको पक्षमा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार किशोर मोक्तानले पहिलोचोटि यस्तो गरिमामय कार्यक्रमको साक्षी बन्ने अवसर पाएको जनाउँदै अप्पर तादोङ समष्टिका विधायक जीटी ढुङ्गेल सरल व्यक्तित्वका त्यागी अगुवा रहेको बताए। “नेताहरूले समाजको रोगलाई जाती पार्ने हुनुपर्छ। यसैले नेताले सही काम गर्नुपर्छ। सही नेतृत्वले सही काम गर्ने उदाहरण विधायक ढुङ्गेलले प्रस्तुत गरेका छन्’-पत्रकार मोक्तानले भने।

साहित्यकार सर्जक सम्मान समारोहका सूत्रधार तथा वरिष्ठ पत्रकार, लेखक किरण छेत्रीले विधायक ढुङ्गेल अप्पर तादोङ समष्टिमा जनप्रतिनिधि भएर आएदेखि समाजमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान, अभिनन्दन जनाउने कार्यक्रम शुरु भएको जनाए। “राजनीतिदेखि टाढ़ा बसेर पनि समाजलाई आफ्नो पक्षबाट अमूल्य योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान जनाउने स्तुत्य परम्परा विधायक ढुङ्गेलले शुरु गरेका छन्। यसभन्दा अघि शिक्षक-शिक्षिका, अवकाशप्राप्त अभियन्ता, वरिष्ठ नागरिक, पूर्व पञ्चायत र पूर्व पार्षद्, आमा-चेलीहरूलाई सम्मान जनाउने कार्य पनि विधायक ढुङ्गेलको नेतृत्वमा भइसकेको छ”-छेत्रीले भने।

वरिष्ठ कवि अमर बानियाँ ‘लोहोरो’-ले स्वागत सम्बोधन राखेको कार्यक्रममा डा. उदय छेत्रीले धन्यवाद ज्ञापन गरे। सम्पूर्ण कार्यक्रमको सञ्चालन किरण छेत्रीले सञ्चालन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *