रुस-युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ। युद्धका कारण दुई देशका हजारौं सैनिक र नागरिकहरुले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन्। युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ। रुस युक्रेन युद्ध शुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य देशहरूमा शरणार्थीको रूपमा बसिरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। यस्तै, लगातारको युद्धका कारण देशमै रहेका ६५ लाखभन्दा बढी युक्रेनीहरू त्रासपुणर् र अन्यौलताका स्थितिमा रहेका छन्। युक्रेनका १० हजार नागरिकको मृत्यु भइसकेको छ भने १८ हजार ५ सय घाइते भएका छन्। युक्रेनले रुसले ३.९२ लाख सैनिक गुमाएको दाबी गरेको छ। ३० हजारभन्दा बढी युक्रेनी अझै बेपत्ता छन्।