बंगाल: हाँसीमारामा वाहन पल्टिदा १० जना घाइते  

1691325974_1685363623_accident.jpg

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत हाँसीमारा १० नम्बर इलाकाको एसियन हाईवेमा एउटा सफारी वाहन अनियन्त्रित भएर  पल्टिदा १० जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार उक्त वाहन आज दिउँसो १२ बजी जयगाउँबाट फालाकाटातर्फ गइरहेको थियाे र अचानक अनियन्त्रित भएर सडक किनारमा पल्टिदा वाहनमा सवार १० जना यात्री घाइते भएको बताइएको छ। घटनापछि स्थानीय तथा पुलिसको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर हाँसीमारा वायुसेना अस्पताल तथा कालचिनीको उत्तर लताबारी ग्रामीण अस्पतालमा लगिएको छ। तीमध्ये केहीको अवस्थामा आशंकाजनक रहेकोले तिनीहरूलाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement