बंगाल: राजगञ्जको बालाबारीमा पाइप लाइन फुटेपछि पिउने पानीको  समस्यामा

IMG-20240221-WA0184.jpg

राजगञ्ज: राजगञ्जको सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत मध्य बालाबारी इलाकाका मानिसहरूले लगभग १० दिनदेखि पिउने पानीको समस्या झेल्न परिरहेका छन्। उक्त इलाकामा बिजुलीको खुट्टी लगाउने क्रममा पीएचईको पाइप लाइन फुटेपछि इलाकामा पिउने पानीको आपूर्ति बन्द भएको छ। उक्त घटनाको लगभग 10 दिन बितिसके तापनि हालसम्म यसको मरमति गरिएको छैन। यसले गर्दा इलाकाका केही परिवार पिउने पानीको समस्यासित जुझिरहेका छन्। स्थानीय मानिसहरूले बताएअनुसार बिजुली विभागको तर्फबाट सडक किनारमा बिजुलीको पोल लगाउने क्रममा पानीको पाइप लाइन फुटेपछि हालसम्म यसको मरमति गरिएको छैन। यसले गर्दा आफूहरूले पिउने पानीको समस्या झेल्न परिरहेको छ। घरको कुवा तथा कलको पानीमा बेसी आइरन भएकोले गर्दा व्यवहार गर्न सकिन्न। धेरैजनाले केही किलोमिटर टाढाबाट पानी ल्याएर प्रयोग गरिरहेका छन्। यसैले चाँडै नै पानीको पाइपको मरमति गरिनुपर्ने तिनीहरूले माग गरेका छन्। अर्कोतिर, सन्न्यासीकाटा अञ्चल अध्यक्ष रोशन हबीबले बताएअनुसार यसबारे कसैले केही भनेको छैन। हिजो मात्र यसबारे थाहा पाए। चाँडै नै पाइपको मरमति गरेर पानीको आपूर्ति स्वाभाविक गरिनेछ।

About Author

Advertisement