बंगाल: सांसद राजु विष्टले मृतक शुभोजित रुद्रोका परिवारलाई भेटे

Capture-12.jpg

सिलगढी: माटिगडा पुलिस थाना अन्तर्गतको प्रमोदनगर इलाकामा खाली जग्गाको बाउन्ड्री पर्खालमा रुखमा झुण्डिएको अवस्थामा शुभजित रुद्रो नामका १५ वर्षीय किशोरको लाश पुलिसले फेला पारेको थियो। यसैबीच, १५ वर्षीय किशोरको मृत्युको रहस्य भने कायमै छ। मृतकका बाबुले छोराको हत्या भएको आरोप लगाएका छन्।
आज उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ। घटनापछि आज शुभजित रुद्रोको मृत्युको वास्तविक कारण पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै परिवार र स्थानीयले शव प्रमोदनगर सडकमा राखेर विरोध प्रदर्शन गरेका थिए। घटनाको खबर सुनेपछि यहाँका सांसद राजु विष्टले मृतकका परिवारलाई सान्त्वना दिँदै न्याय पाउने आश्वासन दिएका छन्। यसबाहेक सांसदले परिवारका सदस्यसँग पनि कुराकानी गरेका छन्। साथै घटनाको सम्पूर्ण जानकारी पुलिसबाट पनि लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement