सिक्किम: सिटिजन एक्सन पार्टीद्वारा संसदीय परिषद गठन

IMG-20240221-WA0184.jpg

गान्तोक: आगामी विधानसभा चुनाउलाई ध्यानमा राखेर सिटिजन एक्सन पार्टी सिक्किमले संसदीय परिषद गठन गरेको छ। पार्टी अध्यक्ष एलपी काफ्लेको अध्यक्षतामा आज १२ सदस्यीय संसदीय परिषद गठन गरेको सिटिजन एक्सन पार्टीले जानकारी दिएको छ।संसदीय परिषदमा पार्टीका मुख्य संयोजक गणेश राई लगायत दाउछो लेप्चा, बीएम रामुदामु, लाक्पा शेर्पा, भरत बस्नेत, डीबी चौहान, एमबी लिम्बू, बीबी चामलिङ, वीणा शर्मा र कर्मा दिछेन भोटिया सदस्य रहेका छन्। यसरी नै पार्टीले प्रशान्त बाबु छेत्रीलाई संसदीय परिषदमा सदस्य सचिव बनाएको छ।

About Author

Advertisement