सिक्किम कलाकार भरोसा सम्मेलन ३ मार्चदेखि शुरू हुने

IMG-20230410-WA0169-11-300x172-4.jpg

गान्तोक: आगामी २७-२८ फरवरीमा सम्पन्न हुने भएको सिक्किम कलाकार भरोसा सम्मेलनको मितिमा केही फेरबदल भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको व्यस्तताको कारणले गर्दा उक्त सम्मेलन आगामी ३-४ मार्चको दिन राजधानीस्थित मनन केन्द्रमा सम्पन्न हुने सञ्जय राईले जानकारी गराएका छन्।

आज राजधानीस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राईले उक्त सम्मेलनलाई सफल तुल्याउनको निम्ति राज्यका सम्पूर्ण कलाकारहरूलाई उपस्थित भइदिने आग्रह गरेका छन्। विशेष गरेर दुई दिवसीय उक्त सम्मेलनमा कलाकारहरूले भोग्दै आइरहेको गुनासो र समस्या मुख्यमन्त्री समक्ष राख्न पाउने भएकोले यो सो सम्मेलन कलाकारहरूको निम्ति अति नै महत्वपूर्ण रहेको उनले बताएका छन्।

सम्मेलनमा कलाकारहरूद्वारा राखिएको समस्या र गुनासोलाई स्थायीरूपमा समाधान गर्नको निम्ति मुख्यमन्त्री तामाङले सरकारको तर्फबाट कुनै प्रकारको उपाय निकाल्ने राईले विश्वास व्यक्त गरेका छन्। राज्यमा प्रथमपल्ट हुन गइरहेको यस ऐतिहासिक सम्मेलनले राज्यका कलाकारहरूलाई अवश्य पनि केही दिन सक्ने उनले किटान गरे।

उल्लेखनीय छ, एसकेएम पार्टीको सरकार गठनपछि यता राज्यका विभिन्न संघ संस्थाहरूलाई समावेश गरेर विभिन्न प्रकारको कार्य गर्दै आइरहेको छ। कुनै पनि संघ-संस्थालाई मजबुत बनाउनको निम्ति मुख्यमन्त्री तामाङले पहल शुरू गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement