मलाई टीमबाट किन बाहिर गरियो भन्ने धोनीलाई अवश्यै सोध्नेछुः मनोज तिवारी

IMG-20240220-WA0135.jpg

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमा स्थान बनाउनु कुनै पनि खेलाड़ीको निम्ति सदा मुश्किल रहेको छ। टीममा स्थान बनाउन सफल भए पनि त्यसलाई लामो समयसम्म कायम राख्नु अझ ठूलो चुनौती हुन्छ। यस्ता धेरै खेलाड़ीहरू रहेका छन्, जसले भारतीय टीममा स्थान बनाए पनि त्यसलाई लामो समयसम्म कायम राख्न सकेनन् जबकि केही खेलाड़ीहरूले घरेलु क्रिकेटमा निरन्तर असल प्रदर्शन गरे पनि राष्ट्रिय टीममा स्थान बनाउन सक्दैनन्। यस्तै एकजना खेलाड़ी मनोज तिवारीले रणजी ट्रफीमा बंगालको निम्ति आफ्नो अन्तिम म्याचपछि खेलबाट सन्न्यास लिए अनि उनले पनि आफ्नो करियरको सबैभन्दा ठूलो निराशा साझा गरेका छन्। यसको साथमा तिवारीले पूर्व कप्तान महेन्द्र सिंह धोनीको उनी प्रतिको सोचलाई लिएर निराशा व्यक्त गरेका छन्। तिवारीले साल २००८-मा भारतको निम्ति पदार्पण गरेका थिए। त्यसपछि ७ साल र ८ अलग-अलग सीरीजमा उनले १२ वटा वनडे र ३ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेले। उनले दिसम्बर २०११-मा वेष्ट इण्डिज विरुद्ध अविजित १०४ रन बनाएर आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक दर्ता गरेका थिए तर त्यसपछि पनि उनले अघिल्लो मौकाको निम्ति ७ महिना प्रतीक्षा गर्नु परेको थियो।
मनोज तिवारीले एउटा इण्टरभ्यू-मा कुनै दिन पूर्व कप्तान महेन्द्र सिंह धोनीसँग भेट भए उनलाई शतक बनाएपछि अनि प्लेयर अव् द म्याच पुरस्कार जितेपछि पनि किन लगातार १४ वटा म्याचमा बाहिर राखियो भन्ने प्रश्न गर्ने बताए। तिवारीको भनाइअनुसार, उनलाई २०१२-को अष्ट्रेलिया यात्रामा पनि किनारा लगाइयो, जबकि त्यस सीरीजमा विराट कोहली, रोहित शर्मा र सुरेश रैना जस्ता केही शीर्ष खेलाड़ीहरू रन बनाउन जुझिरहेका थिए। तिवारीले भने, मौका पाए धोनीसँग अवश्यै प्रश्न गर्नेछु। शतक बनाएपछि पनि मलाई टीमबाट बाहिर गरियो। विशेषगरी अष्ट्रेलिया यात्रामा कोहली, रोहित र रैना जस्ता खेलाड़ीहरूले रन नबनाइरहेको समय पनि मलाई टीमबाट बाहिर राखियो। अहिले म जे पनि सोध्न सक्छु कारण मसँग गुमाउनु पर्ने केही छैन।
यसको साथमा तिवारीलाई आफ्नो करियरमा टेस्ट क्याप नपाएकोमा पछुतो रहेको छ। अभ्यास म्याचहरूमा अष्ट्रेलिया र ईंग्ल्याण्ड विरुद्ध आफ्नो ईनिंग्सहरू र प्रथम श्रेणीको क्रिकेटमा आफ्नो आँकड़ाहरूलाई अघि राख्दै तिवारीले घरेलु क्रिकेटमा उनको प्रदर्शनलाई देखेर पनि भारतीय चयनकर्ताहरूले युवराज सिंहलाई चयन गरेको बताए। उनले भने, मैले ६५ वटा प्रथम श्रेणीको म्याच पूरा गर्दा मेरो ब्याटिंग औसत लगभग ६५ रहेको थियो। त्यस समय अष्ट्रेलियाई टीम भारत आएको थियो अनि मैले अभ्यास म्याचमा १३० रन बनाएको थिए। त्यसपछि ईंग्ल्याण्ड विरुद्ध पनि अभ्यास म्याचमा ९३ रन बनाएको थिए। म टेस्ट टीममा स्थान बनाउने नजिक थिए तर चयनकर्ताहरूले युवराजलाई चयन गरे। यसरी मैले टेस्ट क्याप हासिल गर्न सकिनँ। यसबाहेक प्लेयर अव् द म्याच पुरस्कार जितेपछि पनि मलाई टीमबाट बाहिर गरिएको थियो। आत्मविश्वासको चरममा रहँदा आत्मविश्वास नै माटोमा मिलाए त्यस खेलाड़ीको करियर नै समाप्त हुन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *