बीसीसीआई-को प्रयासमा फ्रेण्डशीप कपमा हिस्सा लिन भारत आउने नेपालको टीम

IMG-20240220-WA0136.jpg

नयाँ दिल्ली: आईसीसी टी२० वर्ल्ड कपको तयारीमा छिमेकी देश नेपाललाई सहायता गर्न भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले ठूलो प्रयास गरेको छ। बीसीसीआईले नेपालको टीमलाई प्रोत्साहित गर्न चाँड़ै फ्रेण्डशिप कपको नामले टी२० लीग शुरु गर्नेछ। यस अवधि क्रिकेट एसोसिएशन अव् नेपाल (केन)-को टीमले बड़ौदा क्रिकेट एसोसिएशन र गुजरात क्रिकेट एसोसिएशनको टीम विरुद्ध त्रिकोणीय सीरीज खेल्नेछ। यो ट्राई-सीरीज ३१ मार्चमा शुरु भएर ७ अप्रेलमा समाप्त हुनेछ। केन-का एकजना अधिकारीले फ्रेण्डशीप कप ट्राई सीरीजको घोषणा गर्दै भने, हामीलाई यो घोषणा गर्दै खुशी लागिरहेको छ कि क्रिकेट एसोसिएशन अव् नेपाल, बड़ौदा क्रिकेट एसोसिएशन र गुजरात क्रिकेट एसोसिएशन एउटा टी२० ट्राई सीरीजको निम्ति सहमत भएको छ। फ्रेण्डशिप कपलाई एउटा वार्षिक आयोजन बनाउने प्रस्ताव पनि रहेको छ, जसले क्रिकेट समुदायको मित्रता र खेल भावनालाई बढ़ाउनेछ।
बीसीसीआई-को यस पहलले आउँदो टी२० वर्ल्ड कपको निम्ति नेपालको टीमको तयारीहरूलाई निश्चित रूपले फाइदा पुग्नेछ। टी२० वर्ल्ड कप आउँदो जून महिना वेष्ट इण्डिज र अमेरिकामा खेलिनेछ। नेपालले यस प्रतिष्ठित आयोजनको निम्ति अगावै क्वालीफाई गरेको छ अनि टीमले आफ्नो पहिलो म्याच डलासमा नीदरल्याण्ड विरुद्ध खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement