नयॉं दिल्ली: देशका रक्षा मन्त्री एवं लखनऊका सांसद राजनाथ सिंहले सोमवार इन्दिरा गॉंधी प्रतिष्ठानमा ग्राउण्ड ब्रेकिङ सेरेमनी (जीबीसी) को उद्घाटन सत्रलाई सम्बोधित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो संसदीय क्षेत्रमा स्वागत गरे।
यस अवसरमा राजनाथ सिंहले भने, प्रधानमन्त्रीजी तपाईको नेतृत्वमा सम्पूर्ण भारत तीव्र गतिमा अगाडि बढिरहेको छ। जहॉं मानिसहरूले समस्या देख्छन्, त्यहॉं पीएमले समाधान देख्छन्। उनले भने, गत १० वर्षमा पीएमले बलियो आधार राखेका छन्। भारतको जनतालाई तपाईको तेस्रो अनि चौथो नेतृत्वमा भारतले शिखर छुनेछ भन्ने विश्वास छ। राजनैतिक र उद्योगपति मिलेर भारतलाई धेरै अगाडि लैजाने छौ। गुजरातको मुख्यमन्त्री छॅंदा पनि तपाईले धेरै ठूला कार्यहरू गर्नु भएको छ।’
रक्षा मन्त्रीले भने, गत सात वर्षमा मुख्यमन्त्री योगीको नेतृत्वमा राम्रो प्रयासका कारण ग्राउण्ड ब्रेकिङ सेरेमनी भइरहेको छ। म आश्वस्त छु कि हाम्रो यूपीले विकासको नयॉं आयाम थप्नेछ।