पुलिसले हराएको मोबाइल मालिकलाई बुझाइदिए

Untitled-14-1024x576.jpg

सिलगढी: पुलिसले हराएको मोबाइल बरामद गरी वास्तविक धनीलाई बुझाएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो सिलगढीको आश्रमपाडामा टोटोबाट एक युवतीको फोन खसेको थियो। त्यसपछि युवतीले पानीटेंकी पोष्टमा यस विषयमा लिखित उजुरी दिएकी थिइन्। उजुरीका आधारमा पुलिसले घटनाको अनुसन्धान गरी केही घण्टामै मोबाइल बरामद गरी युवतीलाई बुझाएको थियो। साथै यस घटनामा एक युवकलाई पनि नियन्त्रणमा लिएको छ। त्यतिकैमा मोबाइल पाएपछि युवती निकै खुसी छिन्।

About Author

Advertisement