काठमाडौं: अमेरिकामा यसै वर्ष हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्न रिपब्लिक पार्टीमा डोनाल्ड ट्रम्प र निक्की हेलीको प्रतिस्पर्धा जारी रहेको छ। ककसमा ट्रम्प अगाडि रहे पनि हेलीले अझैं चुनावी मैदान छाडेकी छैनन्। उल्टै उनले ट्रम्पमाथि कडा टिप्पणी गर्दै आफ्नो माहोल बलियो बनाउने प्रयासलाई जारी राखेकी छिन्। एक अमेरिकी च्यानललाई अन्तर्वार्ता दिँदै हेलीले भ्लादिमिर पुटिन अमेरिकासँग मित्रता गर्न सक्ने व्यक्ति नभएको बताइन्। उनले पूर्व राष्ट्रपति ट्रम्प पुटिनको पक्षमा रहेको बताइन्। गत साता साउथ क्यारोलिनामा ट्रम्पले अमेरिकी जनतालाई पुटिन हाम्रो साथी र राम्रो मान्छे होइनन् भन्ने कुरा सम्झाउन चाहन्छौं भनेका थिए। यो भनाइ प्रति हेलीले कडा टिप्पणी गर्दै ट्रम्पको अभिव्यक्तिले पुटिनलाई थप शक्तिशाली बनाएको छ।










