ईंग्ल्याण्ड विरुद्ध जारी तेस्रो टेस्टबाट हटे आर अश्विन

IMG-20240217-WA0123.jpg

राजकोट:  भारतीय अफ् स्पिनर रविचन्द्रन अश्विनले ईंग्ल्याण्ड विरुद्ध जारी तेस्रो क्रिकेट टेस्ट म्याचबाट हट्ने फसेला गरेका छन्। अश्विनले पारिवारिक प्रतिबद्धताहरूले गर्दा यस्तो फसेला गरेका छन्। उनले शुक्रवार मात्र टेस्ट क्रिकेटमा आफ्नो ५०० विकेट पूरा गरेका थिए। सूत्रबाट थाहालागे अनुसार, अश्विनकी आमा अस्वस्थ्य छिन्। बीसीसीआई-ले पनि यस खबरको पुष्टि गर्दै अश्विन र उनका परिवारको गोपनीयताको सम्मान गर्ने अनुरोध गरेको छ। बीसीसीआई-ले सोशल मीडियामा जारी बयानमा भनेको छ, भारत र ईंग्ल्याण्डबीच जारी तेस्रो टेस्टको अवधि अश्विनले पारिवारिक कारणहरूले गर्दा खेल्ने छैनन्। यस्तो समयमा हामी भारतीय क्रिकेट कण्ट्रोल बोर्ड उनको परिवारसँग उभिएका छन्। पारिवारिक चिकित्सीय आपाल स्थितिले गर्दा अश्विनले तत्काल प्रभावको साथ टेस्ट टीमबाट नाम फिर्ता लिएका छन्। यस चुनौतीपूर्ण समयमा हामी र पूरा टीमले अश्विनलाई पूरा समर्थन गर्नेछ। यसबीच बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले सोशल मीडियामा लेखएका छन्, म रविचन्द्रन अश्विनकी आमाले शीघ्र स्वास्थ्यलाभ गरून् भन्ने कामना गर्दछु। अस्वस्थ्य आमासँग रहन उनी राजकोटबाट चेन्नई फर्किनु पऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *