केवल त्यही आयात गरौं जुन अपरिहार्य रूपले आवश्यक छ: उपराष्ट्रपति

IMG-20240216-WA0234.jpg

नयाँ दिल्ली: उपराष्ट्रपति जगदीप धनखड़ले व्यापार र उद्योग निकायहरूको ध्यान आर्थिक राष्ट्रवादको सदस्यता नलिनुको दुष्परिणामहरूतिर आकर्षित गरेका छन्। उनले आज नयाँ दिल्लीमा डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमा भारत स्टार्टअप र एमएसएमई शिखर सम्मेलनलाई सम्बोधित गरिरहेका थिए।

उपराष्ट्रपतिले आर्थिक राष्ट्रवादलाई हाम्रो आर्थिक विकासको निम्ति मौलिक बताउँदै केवल त्यही आयात गर्ने आह्वान गरे, जुन अपरिहरार्य रूपमा आवश्यक छ ताकि भारतको विदेशी मुद्राको निकासी, नागरिकहरूको निम्ति रोजगारको अवसरहरूको हानि र उद्यमिताको विकासमा बाधाहरूलाई रोक्न सकियोस्। वोकल फर लोकलको आवश्यकतामाथि प्रकाश पार्दै उनले भने, यो भावना आत्मनिर्भर भारतको एक पहलू हो र भारतको स्वतन्त्रता संग्राममा स्वदेशी आन्दोलनको सारलाई प्रतिबिम्बित गर्दछ। उनले भारतको एमएसएमई क्षेत्रको प्रभावी प्रदर्शनको सराहना गरे औं यसले टियर २ र ३ शहर र गाउँहरूमा परिवर्तनकारी बदलाव ल्याइरहेको बताए। उनले

कसरी व्यावसायिक नीतिहरू र पहलहरूमा सजिलै सकारात्मक साशनले देशमा उद्यमशीलता र नवाचारको भावना फ्रस्टाउनमा मद्द्त गरेको रेखांकित गरे औं उद्यमीहरूसित उनीहरूको प्रदर्शनलाई अनुकूलित गर्नमा मद्दत गर्ने आह्वान गरे। उनले कसरी स्टार्टअप र एमएसएमईले भारत जस्तो लोकतान्त्रिक राष्ट्रको निम्ति वृद्धि सुनिश्चित गर्नमा महत्वपूर्ण भूमिका निभाउँछ यसमाथि जोड दिए ताकि समाजका सबै वर्गहरूको समान रूपमा उत्थान हुन सकोस्।

कोरपोरेट नेताहरूसित देशमा अनुसन्धान र विकासमा सामेल हुने अपील गर्दै उनले भने, विश्वभऱिमा अनुसन्धान र विकासलाई उद्योगहरूद्वारा प्रोत्साहन, वित्तपोषण, प्रचारित र कायम राखिन्छ तर हाम्रो देशमा यसको कमी छ। कोरपोरेट्ससित उक्त दिशामा एक ठूलो कदम उठाउने आग्रह गर्दै उपराष्ट्रपति धनखड़ले भने, यद्यपि, बाहिरका विश्वविद्यालयलाई वित्तीय सहायता प्रदान गर्नु राम्रो हो तर स्थानीय विश्वविद्यायहरू र शैक्षणिक संस्थानहरूमाथि ध्यान दिनु पनि महत्वपूर्ण छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *