आजदेखि बंगालमा शुरु भयो १२औं श्रेणीको परीक्षा

Exam-copy-3

कोलकाता: आजदेखि बंगालमा १२औं श्रेणीको परीक्षा शुरु भएको छ। पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषद (डब्ल्युबीसीएचएसई)का अनुसार, यो परीक्षा आज १६ फरवरी) देखि २९ फरवरीसम्म जारी रहनेछ। यस वर्ष यो परीक्षा बिहान ९:४५ देखि दिउँसो १ बजे (३ घण्टा १५ मिनेट) सम्म हुनेछ। आज पहिलो दिन भाषा विषयको परीक्षा शुरु भएको छ। यस वर्ष ७ लाख ९० हजार विद्यार्थी परीक्षामा सहभागी छन्। गत वर्षको तुलनामा यस वर्ष उम्मेदवारको संख्या केही कम भए पनि व्यवस्थापनमा कुनै कसर बाँकी राख्न शिक्षा परिषद्ले चाहेको छैन। यस वर्ष कुल २३४१ परीक्षा केन्द्रमा परीक्षा संचालन भइरहेको छ। मेटल डिटेक्टर, रेडियो फ्रिक्वेन्सी डिटेक्टर र अन्य सुरक्षा उपायहरू परीक्षा केन्द्रहरूमा अपनाइएको छ। साथै यस परीक्षाका लागि केही विशेष नियम पनि लागू गरिएको छ।

प्रत्येक कोठामा दुई जना पर्यवेक्षक वा गार्ड रहनेछन्। प्रत्येक प्रश्नपत्रमा क्रम संख्या हुनेछ। प्रत्येक २५ विद्यार्थीहरूका लागि एक सुपरवाइजर वा गार्ड हुनेछ। परीक्षा केन्द्रको मुख्य गेटमा सीसीटीभी मार्फत निगरानी गरिने छ। कक्षाकोठामा मोबाइल फोन निषेध गरिएको छ। यदि कुनै विद्यार्थीले ल्याएमा उसले स्थल पर्यवेक्षकको कोठामा बुझाउनुपर्नेछ। उच्च माध्यमिक शिक्षा बोर्ड (डब्ल्यु बीसीएचएसई)द्वारा २४ घण्टा हेल्पलाइन शुरु गरिएको छ। परीक्षाका दिनमा कुनै समस्या परेमा परीक्षार्थी वा निजका अभिभावकले यस नम्बरमा सिधै सम्पर्क गर्न सक्नेछन्। यो हेल्पलाइन नम्बर ०३३-२३३७ ०७९२ हो। उच्च माध्यमिक प्रश्नहरूको लागि एक विशेष क्युआर कोड प्रणाली पनि छ।

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *