दार्जीलिङ पहाड एंव गोर्खाहरूले अब कंग्रेसलाई विकल्पको रूपमा हेर्नुपर्छ: अजय एडवर्ड
दार्जीलिङ: कंग्रेस पार्टीको चुनाव घोषणा कमिटीको संयोजक टीएस सिंह देवसँग हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भेट गरेका छन्। गत केही दिन अघि सम्पन्न भएको कंग्रेस संसद राहुल गाँधीको भारत जोडो न्याय यात्रामा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दार्जीलिङ पहाड तराई डुवर्स एंव समस्त गोर्खा जातिको दीर्घकालीन मांगलाई कंग्रेसको चुनावी घोषणा पत्रमा समावेश गर्ने मांग गर्दै ज्ञापन पत्र चढाएका थिए। यसै सन्दर्भमा कुराकानी गर्न हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स छतीसगढ राज्यको रायपुरमा पुगेका छन।यसै अवधि अध्यक्ष एडवाडर्सले छत्तीसगढ राज्यको उप मुख्यमन्त्री टीएस सिंह देवसँग भेट वार्ता गरेको छ। टीएस सिंह देव कंग्रेस पार्टीको चुनाव घोषणा कमिटीको संयोजक रहेको हुनाले पहाड तराई डुवर्स एंव गोर्खा जातिको दीर्घकालीन मांगहरू चुनावी घोषणा पत्रमा समावेश गरिने विषयबारे चर्चा परिचर्चा गरिएको हाम्रो पार्टीले जनाएको छ। कंग्रेस पार्टीको चुनावी घोषणा पत्र कमिटीको चेयरम्यानको पदमा पी चितम्बरम रहेका छन् भने संयोजकको पदमा टीएस सिंह देव रहेका छन्। दार्जीलिङ पहाड तराई डुवर्स एंव गोर्खा समुदायहरूले गत २००९ देखि भारतीय जनता पार्टीमाथि आस्था र भरोसा राख्दै समर्थनको साथसंगसंगै संसद पनि दिन्दै आई रहेका छन् तर पहाड, तराई डुवर्स एंव गोर्खा समुदायले भारतीय जनता पार्टीलाई १५ वर्षसम्म समर्थन संगसंगै सांसदहरू दिन्दै आईरहेको भएता पनि आजसम्म भारतीय जनता पार्टीले पहाड, तराई डुवर्स एंव गोर्खा समुदायलाई केवल झूठो आश्वसनबाहेक अरू केही दिएका छैन। विगतका चुनावमा देशको वर्तमान प्रधनमन्त्री नरेन्द्र दामोदर मोदीले सिलगढीको एक चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा ‘गोर्खाको सपना मेरो आफ्नो सपना’ रहेको बताएका थिए। यति मात्र होइनन उनले गोर्खा समुदायको ११ जात गोष्ठीहरूको नाम उच्चारण गर्दै जन जातिमा समावेश गर्ने वचन समेत दिएका थिए। तर आज १५ वर्ष बितिसक्दा पनि प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले गोर्खाहरूको निम्ति देखेको सपना विपनामा परिणत हुन सकेको छैन। ११ जात गोष्ठीहरूले जन जातिमा समावेश हुन अवसर पाएनन्। भारतीय जनता पार्टीले पहाड, तराई डुवर्स एंव गोर्खाहरूको भोट हत्याउन आफ्नो संकल्प पत्रमा समेत पहाड तराई डुवर्स एंव गोर्खा समुदायको दीर्घकालीन समस्यालाई स्थायी राजनैतिक समाधान गरिने, गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा समावेश गरिने साथै चिया श्रमिकहरूलाई मिनिमम वेजेस दिने लिखित वाचाहरू गरेका थिए। भाजपाको नेतृत्वहरूले गरेका यी वाचाहरू सबै झूठो थिएछ भन्ने आज प्रमाणित भएको छ भन्ने हाम्रो पार्टीले बताएका छन्। विगतका चुनावमा केन्द्रीय गृहमन्त्री अमित शाहले दार्जीलिङको लेबोङ मैदानमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा गोर्खाहरूमाथि आपत आईपरेको खण्डमा चट्टान भएर खडा हुने घोषणा गरेका थिए। तर २०१७ को आन्दोलनमा गोर्खाहरूमाथि अन्याय र अत्याचार हुँदा केन्द्रको भाजपा सरकार चुप लागेर बसे भनी आरोप लगाएका छन्।पहाडलाई शान्तिको मार्गमा ल्याउन बैठक समेत नडाकेको हाम्रो पार्टीले बताएका छन्। हाम्रो पार्टीले अघि भने, आजसम्म दार्जीलिङ पहाड एंव गोर्खाहरूले जे जति पाएका छन काग्रेसको शासनकालमा नै पाएका छन्। सन् १९८६ को आन्दोलनपछि १९८८ सालमा दार्जीलिङ गोर्खा पार्वतीय परिषद,१९९२ सालमा नेपाली भाषाले संवैधानिक मान्यता पाए। २००५ मा छैटौं अनुसूचीको दस्तावेजमाथि त्रिपक्षीय सम्झौता अनि २०११ मा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन उर्फ् जीटीएको गठन यी सबै कंग्रेसको शासनकालमा नै भएको हो। पहाड तराई डुवर्स एंव गोर्खाहरूले यदि केही कुराहरू पाउँछ भने त्यो पनि कंग्रेसकै माध्यमद्वारा पाउने भएकोले अब हामीले काग्रेसलाई विकल्प बनाउनु पर्छ भन्ने हाम्रो पार्टीले ठोकुवा गरेका छन्।