सरफराज खान र ध्रुव जुरेलले गरे टेस्ट पदार्पण

IMG-20240215-WA0150.jpg

राजकोट: ईंग्ल्याण्ड विरुद्ध बिहीवारदेखि शुरु तेस्रो क्रिकेट टेस्ट म्याचमा भारतका दुईजना खेलाड़ीले पदार्पण (डेब्यू) गरे। धेरै लामो प्रतीक्षापछि अन्तमा गएर मध्यक्रमका ब्याटर सरफराज खानले अन्तर्राष्ट्रिय पदार्पण गर्ने मौका पाए। गत केही सालदेखि घरेलु क्रिकेटमा निरन्तर असल प्रदर्शनपछि पनि उनले भारतीय टीममा स्थान पाएका थिएनन्। यसपाली उनलाई ईंग्ल्याण्ड विरुद्ध टेस्ट सीरीजको निम्ति पहिला टीममा सामेल गरियो अनि तेस्रो टेस्टमा उनले अन्तर्राष्ट्रिय पदार्पण गरे। सरफराजको साथमा विकेटकीपर ब्याटर ध्रुव जुरेलले पनि अन्तर्राष्ट्रिय पदार्पण गरे। सरफराजलाई महान बलर अनिल कुम्बलेले टीम इण्डियाको टेस्ट क्याप सुम्पिए। यसरी जुरेललाई पूर्व विकेटकीपर दिनेश कार्तिकले क्याप दिए।
सरफराज टेस्टमा भारतको प्रतिनिधित्व गर्ने ३११औं अनि जुरेल ३१२औं खेलाड़ी हुन्। सरफराजलाई घरेलु क्रिकेटको ब्र्याडम्यान पनि भनिन्छ। उनले ४५ वटा प्रथम श्रेणीको म्याचमा ३९१२ रन बनाएका छन्। यस अवधि उनको औसत ६९.८५-को रहेको छ। उनको उच्चतम स्कोर अविजित ३०१ रहेको छ। उनले प्रथम श्रेणीमा १४ वटा शतक र ११ वटा अर्द्धशतक बनाएका छन्। यसरी जुरेलले प्रथम श्रेणीको १५ वटा म्याचमा ४६.४७-को औसतले ७९० रन बनाएका छन्। यसमा एउटा शतक र पाँचवटा अर्द्धशतक सामेल छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *