काठमाडौंमा  विश्व सामाजिक मञ्चको सम्मेलन शुरु

Photo-2

काठमाडौं: विश्व सामाजिक मञ्चको १६औं सम्मेलन विहीबारदेखि काठमाडौंमा शुरु भएको छ। बिहीबार (१५ फरवरी) काठमाडौंको भृकुटीमण्डपमा ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औं संस्करण शुरु भएको हो। बिहीबारदेखि शुरु भएको सम्मेलन १९ फरवरीसम्म हुनेछ। आज उद्घाटनको अवसरमा विश्वका विभिन्न देशका सांस्कृतिक झाँकीसहित ऱ्याली निकालियो। सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूला साना गरी ४०२ वटा कार्यक्रमहरू र विश्वभरबाट ९२ देशका १ हजार २ सय ५२ वटा संस्था तथा समूहहरू स्वआयोजकका रुपमा दर्ता भएको आयोजकले जनाएका छन्। कार्यक्रममा विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने र विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ।

About Author

Advertisement