गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउलाई लिएर राज्यको प्रशासनले केही दिन अघिदेखि तयारी शुरू गरिरहेको छ। यसै क्रममा हिजो गान्तोक जिल्लाका पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम शुरू भएको छ। चार दिवसीय लामो प्रशिक्षण कार्यक्रममा गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रस्थित जिल्ला पञ्चायत भवनमा सम्पन्न भएको थियो। यस कार्यक्रममा गान्तोक जिल्लाका अतिरिक्त जिल्लापाल रोहन अगवाने, शहरी विकास एवम विकास विभागका अतिरिक्त सचिव जिग्मी वाङचुक भोटिया र याङगाङका महकुमा अधिकारी छिरिङ नोरग्याल थिङ लगायत अन्यहरूले प्रशिक्षण प्रदान गर्दै आइरहेका छन्। यस अवसरमा कूल ९४ जना प्रिसाइडिङ र पोलिङ अधिकारीहरूले सहभागिता जनाएका छन्, जहाँ उनीहरूलाई सैधान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिन्दैछ।