सिटिजन एक्सन पार्टी सिक्किमको नागरिक जागरण यात्रा जारी

IMG-20240213-WA0180.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमको नागरिक जागरण यात्रा नाम्ची जिल्लाको विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको छ। गत ८ फरवरी, २०२४ देखि पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेश राई, नाम्ची जिल्ला कार्यवाहक अध्यक्ष स्टिफन गुरुङ, जिल्ला कार्यकारी अध्यक्ष किरण जिम्बा, वरिष्ठ राजनितीज्ञ भरत बस्नेत र अन्य जिल्ला तथा विविध समष्टिका नेताकार्यकर्ताको साथमा पोकलोक कामराङ समष्टिको सालघारी वार्ड, दराप सालघारी ग्राम पञ्चायत, आसेङ्थाङ वार्ड आदिमा धेरै स्थानीय नागरिकसंग भेट वार्ता भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, बर्फुङ समष्टिको विभिन्न वार्ड लोवर बोरङ, फामतेन ग्राम पञ्चायत, बोरङ आदिमा सम्पन्न भएको छ। राङराङ याङ्गाङको लोवर कोल्थाङ, कोल्थाङ तोक्दे ग्राम पञ्चायत, आदिमा समेत स्थानीय नागरिकले सिटिजन एक्सन पार्टीको विविध कार्यक्रममा सक्रिय रूपमा सहभागी बन्दै पार्टीमा सामेल भएको बताइएको छ।

नामथाङ रातेपानीको सताम, मिडल पर्विङ, पर्विङ दोभान ग्राम पञ्चायतमा पनि नागरिक जागरण कार्यक्रममा सम्पन्न गरियो। ताङ्जी विक्मत ग्राम पञ्चायतको ताङ्जी वार्ड, अप्पर पामफोक, कलेङ पाम्फोकमा समेत जागरण कार्यक्रम भएको छ। स्थानीय नागरिकले यस यात्राको दौरान सडकको दुरावस्था, पिउने पानीको हाहाकार, स्कूल आदिको समस्याको उठान गरेको बताइएको छ।

About Author

Advertisement