आज विश्व रेडियो दिवस: केही रोचक जानकारी

Radio

अहिलेको युगमा मानिसले मोबाइल फोनबाट मिनेटमै देश र विश्वको जानकारी पाउन सक्छन्। जबकि पहिले कुनै समय रेडियो देश र बिश्वसंग सम्बन्धित जानकारीको प्रमुख स्रोत थियो। भारतमा रेडियोको कुरा गर्ने हो भने अंग्रेजको पालामा नागरिकलाई सूचना दिने काम रेडियोबाट हुन्थ्यो। यति मात्र होइन, १५ अगस्त १९४७ मा देश स्वतन्त्र हुँदा रेडियोमा पनि घोषणा गरिएको थियो। समय बित्दै जाँदा टीभी, ल्यापटप, इन्टरनेट, मोवाइल फोन जस्ता बिभिन्न साधनहरू आएका छन्। रेडियोको सट्टा एफएम रेडियो मानिशरूको जीवनको अभिन्न अंग बन्यो। हरेक वर्ष १३ फरवरीलाई विश्व रेडियो दिवसका रुपमा मनाइन्छ।

सन् २०१० मा, स्पेनिश रेडियो एकेडेमीले १३ फरवरीमा विश्व रेडियो दिवस मनाउने प्रस्ताव गर्यो। यसपछि सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रहरूले यो प्रस्तावलाई स्वीकार गरे र पहिलो पटक १३ फरवरी २०१२ मा रेडियो दिवस आधिकारिक रूपमा मनाइयो। संयुक्त राष्ट्र रेडियो १३ फरवरी १९४६ मा शुरु भएको थियो। यसै कारणले अन्तर्राष्ट्रिय रेडियो दिवस मनाउन १३ फरवरीको मिति छनोट गरिएको हो। यो संयुक्त राष्ट्र रेडियोको वार्षिकोत्सवको रूपमा मनाइन्छ। प्रत्येक वर्ष यो दिवसको लागि विषयवस्तु निर्धारण गरिन्छ। यस वर्ष २०२४ को नारा ‘रेडियो: सूचना, मनोरञ्जन र शिक्षाको शताब्दी’ रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *