काठमाडौं: आज (१३ फरवरी) विश्व रेडियो दिवस मनाइन्दै। ‘रेडियो र विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदैछ। नेपालमा पनि रेडियोकर्मी र सम्बद्ध संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। नेपालमा खास गरी १० वर्षे सशस्त्र द्वन्दका बेला नेपालका रेडियोह?ले पुर्याएको योगदान र शान्ति प्रकृयामा रेडियोले गरेको योगदान इतिहासमा सुवर्ण अक्षरले लेखिएको छ। देशका कुना कन्दरासम्म पुगेको रेडियो प्रशारण अहिले पनि उत्तिकै लोकप्रिय छ। आज सामुदायिक रेडियोह?को छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघले विभिन्न कार्याक्रम गरी रेडियो दिवस मनाउन लागेको छ। रेडियो दिवसका अवसरमा अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरिएको सामुदायिक सूचना नेटवर्क (सीआईएन)का सम्पादक लक्ष्मण कार्कीले जानकारी दिए। नेपालमा भने वि.सं. २००२ सालमा काठमाडौंमा रेडियोको प्रसारण शुरु गरेको थियो भने रेडियो नेपालको औपचारिक प्रसारण भने १३ दिसम्बर १९५० (२००७ साल मंसिर २८ गते)देखि भएको थियो। एफएम रेडियोको प्रसारण भने वि.सं. २०५२ सालपछि शुरु भएको हो। विश्वमा भने व्यवसायिक रेडियो प्रसारण शुरु भएको करिब एक शताब्दी नै बितिसकेको छ। स्पेनको प्रस्तावमा युनेस्कोको ३६औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको १३ फरवरीलाई रेडियो दिवसको रुपमा मनाउने घोषणा गरेको थियो।