सडक निर्माण कार्यको विधायकद्वारा शिलान्यास

df475eee-6fda-4c1d-86e6-e87af199fec6-1024x576.jpg

राजगञ्ज: राजगञ्जका विधायक खगेश्वर रायले आज पक्का सडकको निर्माण कार्यको शिलान्यास गरे। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत पतिलाभाषा इलाकामा उक्त सडक निर्माण कार्यको शिलान्यास गरिएको छ। उत्तरबंग विकास विभागको सहयोगमा लगभग १ करोड २५ लाख रुपियाँको लागतमा उक्त सडकको निर्माण गरिने भएको छ। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, यो सडक महत्वपूर्ण सडक हो। इलाकाका मानिसहरूले धेरै अघिदेखि सडकको माग गरिरहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement