खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले यसपाली लोकसभा चुनावमा आफुहरूले नै जित्ने दाबी गरेका छन्। पत्रकारहरूसित कुराकानी गर्दै जीटीए चिफ् अनित थापाले पहाडका कुनै पनि व्यक्तिले भाजपालाई फेरि विश्वास गर्दैनन् किनभने तिनीहरू दार्जीलिङका जनताको आकांक्षामा उँभिन असफल भएका छन् भनी बताएका छन्। उनले विगत १५ वर्षदेखि स्थायी राजनीतिक समाधान र ११ गोर्खा जनजातिलाई एसटीको दर्जा दिने र चुनाव जित्ने झुटो आश्वासन दिँदै आएका छन्। तर यसपटक जनताले बुझेका छन् र पहाडमा भाजपालाई भोट दिन कोही तयार छैनन् भनी हताए। उनले अझ यसबारे कुरा राख्दै आफ्नो पार्टीले गोर्खालाई केही दिने आशामा संसदको अधिवेशनको अन्तिम दिनसम्म पर्खिरहेको तर अभाग्यवस यसपाली पनि गोर्खाका लागि केही भएन भन्ने कुरा मिडिया समक्ष राखे। उनलाई आउँदो लोकसभा चुनावबारे प्रश्न राख्दा उनले, “कुनै दुईमतबिना हामी चुनाव जित्ने छौं” भनेर आफ्नो कुरा राखेका छन्।