किसान आन्दोलन: पंजाब-हरियाणाका १२ जिल्लामा धारा १४४

Agitation-copy

चण्डीगढ: पंजाबका किसान संगठनहरूले दिल्लीमा मार्च गर्ने घोषणा गरेपछि आइतबार हरियाणाका १२ जिल्लामा धारा १४४ लागू गरिएको छ। हरियाणाको लागि पहिले नै स्वीकृत अर्धसैनिक बलका ५० कम्पनीहरू बाहेक केन्द्रले आइतबार १४ थप कम्पनीहरू हरियाणा पठायो। अब हरियाणामा अर्धसैनिक बलका ६४ कम्पनी तैनाथ गरिएको छ। जसमा बीएसएफ र सीआरपीएफका जवानहरू सामेल छन्। आइतबार बिदा भए पनि पुलिस महानिर्देशक शत्रुजित कपुरले बिहानै संवेदनशील जिल्लाका पुलिस उपरीक्षकहरुसँग कुरा गरेर सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिए। यसैबीच, सीआईडीले पञ्जाबका किसान संगठनहरूले मार्च शुरु गरेको र सोमबार साँझसम्म हरियाणा सीमामा पुग्ने जानकारी दिएको छ। १३ फरवरीमा हरियाणा सीमामा प्रवेश गरेर दिल्लीको सीमातर्फ कूच गर्नेछौं।

यसैबीच, हरियाणा सरकारले अम्बाला, कुरुक्षेत्र, कैथल, जिन्द, फतेहाबाद, हिसार, सिरसा, सोनीपत, झज्जर आदि जिल्लाहरूमा धारा १४४ लागू गरेको छ। यसबाहेक अम्बाला, कुरुक्षेत्र, कैथल, जिन्द, हिसार, फतेहाबाद र सिरसा जिल्लामा आइतबार बिहान ६ बजेदेखि इन्टरनेट सेवा बन्द गरिएको छ। १३ फरवरी राति १२ बजेसम्म इन्टरनेट सेवा बन्द रहनेछ। यसपछि अवस्था हेरेर थप आदेश जारी गरिनेछ। एकातिर पञ्जाबका किसानहरू हरियाणातर्फ मार्च गर्न थालेका छन् भने अर्कोतर्फ केन्द्र सरकारले किसान संगठनहरूलाई वार्ताका लागि बोलाएको छ। कृषि तथा किसान कल्याण मन्त्रालयद्वारा संयुक्त किसान मोर्चाका अध्यक्ष जगजीत सिंह डल्लेवाल तथा किसान मजदूर मोर्चाका अध्यक्ष सरवन सिंह पन्धेरको नाममा जारी गरिएको पत्रमा भानिएको छ, १२ फरवरीको साँझ ५ बजे चण्डीगधको सेक्टर-२६ स्थित महात्मा गान्धी स्टेट इन्स्टिच्युट अफ पब्लिक एडमिनिस्टे्रशन पंजाबमा बैठक आयोजना गरिएको छ। जसमा केन्द्र सरकारका तर्फबाट केन्द्रीय मन्त्री अर्जुन मुण्डा, पियुष गोयल र नित्यानन्द राय सहभागी हुनेछन्। यस बैठकमा किसानसँग वार्ता गरी समस्या समाधान गर्ने प्रयास गरिने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *